क्षयरोगको असरबारे विश्वको ध्यान खिच्न दरबार क्षेत्रमा रातो बत्ती

काठमाडौँ, ११ असोज  । क्षयरोग सम्वन्धी संयुक्त राष्ट्रसंघको पहिलो उच्चस्तरीय बैठकको स्वागत गर्दै युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको नेपालका दुईवटा महत्वपूर्ण सम्पदा क्षेत्र पाटन र काठमाडौँ दरबार क्षेत्रलाई रातोवत्तीले प्रकाशमय बनाइएको छ ।

क्षयरोग उन्मुलनका लागि विश्वलाई रातो बत्तीले प्रकाशमय बनाऔँ भन्ने अभियान अन्तगर्त बुधबार उपत्यकाका दुई महत्वपूर्ण क्षेत्रलाई राताम्मे बनाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालद्धारा संयुक्त रुपमा आयोजित उक्त समारोहमा उच्च सरकारी अधिकारी डव्लुएचओका प्रतिनिधिहरुको सहभागीता थियो ।

न्युयोर्कमा भएको उच्चस्तरीय बैठकले सन् २०३० सम्ममा विश्वलाई क्षयरोगमुक्त बनाउने प्रतिवद्धतालाई मूर्तरुप दिन तथा लाखौ मानिसको ज्यान जोगाउन तथा क्षयरोग रोकथाम गर्न छिटो तथा संसोधित कदम चाल्ने कार्यविधि निर्धारित गर्नेछ ।

सो बैठकमा राष्ट्र प्रमुख तथा सरकार प्रमुख, क्षयरोग लागेर बाँचेका व्यक्ति, प्रभावित समुदाय, प्राविधिक साझेदार, अनुसन्धानकर्ता , निजी क्षेत्रका प्रतिनिधि र अन्य सरोकारवााहरु सहभागी हुँदैछन् । संयुक्त राष्ट्रसंघको महासभामा क्षयरोगलाई सम्वोधन गरिएको यो पहिलो पटक हो ।

क्षयरोगको उन्मुलनको लागि संयुक्त प्रयास विश्वव्यापी महामारी अन्त्य गर्न तत्काल विश्वव्यापी अभियान चालौँ भन्ने नाराका साथ आयोजित क्षयरोग सम्वन्धी संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठक क्षयरोगलाई राजनीतिक प्राथमिकतामा पार्ने एउटा ठूलो अवसर भएको बताइएको छ । यसरी यो अभियान राष्ट्र प्रमुखद्धारा अनुमोदित एउटा राजनीतिक घोषणा बन्नेछ ।

क्षयरोग विश्वमा मृत्युको नवौँ मुख्य कारण हो । अहिले विश्वको प्रमुख प्राणघातक संक्रामक रोगको रुपमा देखिदैछ । सन् २०१७ मात्रै क्षयरोगबाट १६ लाख मानिसको मृत्यु भएको थियो ।

क्षयरोगको भयानक असर प्रति विश्व जगतको ध्यान खिच्न हरेक सहरलाई यस विश्वव्यापी अभियानमा सहभागी भई सहरलाई रातो बत्तिले प्रकाशमय बनाउने कार्यक्रम अघि सारिएको हो ।

दरबार क्षेत्रको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव सहितका सरकारी प्रतिनिधि तथा नेपालका लागि डव्लुएचओका प्रतिनिधि डा जोश भेन्डिलियर लगायतको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *