‘एकमुष्ट सरुवा’ सच्याउँदै स्वास्थ्य सेवा विभाग

काठमाडौँ, ७ असोज । स्वास्थ्य सेवा विभागले गत १७ भदौमा गरेको चौथो पाँचौ र छैटौँ तहको एकमुष्ट सरुवा सच्याउन शुरु गरेको छ । कतै दोहोरो र कतै स्वास्थ्य संस्थानै खाली हुने गरि सरुवा गरिएको भन्दै आलोचना बढेपछि विभागले आफ्नो निर्णय सच्याउन शुरु गरेको हो ।

विभागका महानिर्देशक डा. गुणराज लोहनीले सरुवामा केही त्रुटि देखिएको भन्दै त्यसलाई सच्याउन थालिएको बताए । उनले स्वास्थ्य संस्था नै खाली हुने भएका सरुवा, एउटा दरबन्दीमा धेरै जनाको सरुवा जस्ता त्रुटिहरु सच्याउन लागिएको बताए ।

‘हामीले सरुवाको लिष्ट पुन रुजु गर्दैछौँ । यसमा केही त्रुटि देखिएका छन् । त्यसलाई सच्याउने दिशामा काम भईरहेको छ.’ महानिर्देशक डा. लोहनीले भने । उनले कम्तीमा त्रुटि सच्याउँदा १५० देखि २०० बढी कर्मचारीको सरुवा रोकिने अनुमान रहेको बताए ।

यता सरुवा विवादमा परेपछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले सहसचिव महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरेकी छन् । सो समितिले समेत सरुवाको विषयमा अध्ययन अनुसन्धान गरिरहेको बुझिएको छ । उक्त समितिलाई सत्यतथ्य पेश गर्न तथा भविस्यमा गल्ती नदोहोरिने गरी सुझाव पेश गर्न १५ दिनको समयसिमा तोकिएको छ ।

गत १७ भदौमा स्वास्थ्य मन्त्रालयको स्विकृति पछि विभागले १ हजार ६२० कर्मचारीको एकमुष्ट सरुवा गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *