१०० बेडमा स्तररोन्नती हुने तयारीमा ईशान बाल तथा महिला अस्पताल

काठमाडौँ, ७ असोज । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पताल एक सय बेडमा स्तरोन्नती हुने तयारी गर्दैछ । अहिलेसम्म सो अस्पतालले २५ बेडबाट आफ्नो सेवा उपलव्ध गराउँदै आएको छ ।

अस्पतालले आफ्नै जग्गामा बनाउँदै गरेको छ तल्ले अत्याधुनिक भवनमा सरेपछि एक सय बेडमा स्तरोन्नती गर्ने तयारी गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपिन जंगमले बताए । त्यसो त अस्पतालले चार बर्ष अघि नै ५५ बेडमा स्तरोन्नती गर्न सरकारसंग अनुमति मागेको थियो । तर अहिलेसम्म सो अनुमति पाइसकेको छैन् ।

चौविस बर्ष अघि स्थापना भएको सो अस्पतालले बाल तथा महिला स्वास्थ्य सम्वन्धी विशेषज्ञ सेवा उपलव्ध गराउँदै आएको छ ।

एक बर्षमा ४५ हजार ओपीडी २५ सय भर्ना
बाल तथा महिला अस्पतालको क्षेत्रमा छुट्टै पहिचान बनाएको ईशानमा गत आर्थिक बर्षमा ४५ हजार बढी विरामीले ओपिडी सेवा लिएका छन् । सोही बर्ष २ हजार ५ सय बढी भर्ना भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत जंगम भन्छन्, ‘सेवा थपिदै जाँदा, अस्पतालमा विरामीको चाप बढ्दो क्रममा छ । त्यसैले अहिलेको भवनको केही पछाडी अत्याधुनिक नयाँ भवन बनाउँदै छौँ ।’

अस्पतालले अहिले जटिल विरामीका लागि दुई बेडको पीआईसीयु, ५ बेडको एनआईसीयुबाट समेत सेवा उपलव्ध गराउँदै आएको छ ।
यसैबीच अस्पतालले शनिबार चौविसौँ बार्षिकोत्सव तथा विशेष साधारण सभा सम्पन्न गरेको छ ।

उक्त सभाले अस्पतालको स्तरोन्नती गर्ने र सेवा थप गर्दै जाने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *