एमबीबीएस र बीडीएस सिट : आइओएमकै सिफारिसलाई सदर गर्‍यो काउन्सिलले

काठमाडौँ, ५ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले सिफारिस गरेकै सिट संख्यालाई नेपाल मेडिकल काउन्सिलले सदर गरेको छ । आज बसेको काउन्सिलको पूर्ण बैठकले गत २८ भदौमा बसेको आइओएमको विद्यापरिषद्को बैठकले गरेको सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो ।

आइओएमले गरेको सिफारिसमा जानकी मेडिकल कलेज र एमबी केडिया डेन्टल कलेजको सिट नतोकी बिचाराधिन अवस्थामा राखेको थियो । काउन्सिलको आजको बैठकले एमबी केडियाको लागि यसबर्ष सिट नदिने निर्णय गरेको छ ।

जानकी मेडिकल कलेजको भने पछि निर्धारण गर्ने भएको छ । स्रोतका अनुसार जानकी मेडिकल कलेज निरीक्षणका लागि आइओएमको टोली जनकपुर गइसकेको छ ।

अरु कलेजको सिट भने आइओएमले गरेको निर्णय अनुसार नै हुने भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “एमबीबीएस र बीडीएस सिट : आइओएमकै सिफारिसलाई सदर गर्‍यो काउन्सिलले

Leave a Reply

Your email address will not be published. Required fields are marked *