केडीसीले खोल्यो रुपन्देहीको भलवारीमा अर्को ‘आउटरिच क्लिनिक’

काठमाडौँ, ५ असोज । बसुन्धरास्थित कान्तिपुर डेण्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले अर्को ‘आउटरिच क्लिनिक’ रुपन्देहीको तिलोत्तमा नगरपालिका- ७ भलवारीमा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँकै चन्द्रागिरी नगरपालिका – ११ सन्तुङ्गल चोकमा ‘आउटरिच डेन्टल क्लिनिक’ सञ्चालनमा ल्याई सेवा उपलव्ध गराउँदै आएको थियो ।

मुख तथा दन्त स्वास्थ्यबारे जनचेतना अभिबृद्धिमा सहयोग गर्नुका साथै स्थानीयलाई सहज रुपमा दन्त सेवा उपलव्ध गराउन क्लिनिक सञ्चालनमा ल्याएको केडिसिले जनाएको छ ।

केडिसिका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ भन्छन्, ‘आउटरिच क्लिनिकले समुदायमा गएर निशुल्क मुख स्वास्थ्य शिविर गर्ने, विद्यालयमा गएर मुख स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, विशेषज्ञ दन्त सेवा उपलव्ध गराउने मुख्य उदेश्य रहेको छ ।

‘कान्तिपुर डेन्टल सेन्टर’को नामले स्थापित उक्त ‘आउटरिच क्लिनिक’ विहान ९ बजे देखि बेलुका ६ बजेसम्म चल्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *