जिल्ला स्वास्थ्य कार्यालयको संरचना अब यथावत, विभाग खारेज गर्ने तयारी

काठमाडौँ, ४ असोज । जिल्लाका स्वास्थ्य जनस्वास्थ्य कार्यालय खारेज गरी ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरिसकेको स्वास्थ्य मन्त्रालय ‘व्याक’ हुने भएको छ । मन्त्रालयले अहिलेसम्म रहेको जिल्ला स्वास्थ्य कार्यालयको संरचना यथावत राख्ने तयारी गरेको छ । यद्धपी नाम भने परिवर्तन हुनसक्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

संघीय संरचनामा जाँदै गर्दा स्वास्थ्यका इकाई र दरबन्दीको विषयमा व्यापक विवाद भएको थियो । सो विवाद सुल्झाउन र संरचनाको पुनरावलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल बनेको थियो । सोही कार्यदलले जिल्लाको संरचना राख्ने निर्णय गरेको हो ।

‘जनतालाई सकेसम्म सहज र छरितो रुपमा स्वास्थ्य सेवा दिने भन्ने सरकारको उदेश्य हो । तर दुई जिल्ला तीन जिल्ला गाभेर नयाँ संरचना बनाउँदा सेवामा झनै अलमल देखिने भयो । त्यसैले अब हरेक जिल्लामा कार्यालयहरु रहने गरी प्रस्ताव अघि बढाएका छौँ । त्यसमा नाम र दरबन्दीमा केही परिवर्तन हुन पनि सक्छ,’ प्रमुख विशेषज्ञ डा. प्याकुरेलले भने ।

स्वास्थ्य सेवा विभाग खारेज गर्ने तयारी
यसैबीच मन्त्रालयले स्वास्थ्य सेवा विभागको हालको संरचना समेत परिवर्तन गर्ने योजना अघि बढाएको छ । ‘अहिले केन्द्रमा विभाग, त्यस अन्तरगर्त महाशाखा, फेरी प्रदेशमा निर्देशनालय, फेरी जिल्लामा कार्यलय रहनु भन्दा आवश्यक महाशाखा राखेर विभाग चाहि हटाउने प्रस्ताव अघि बढदैछ । यस सम्वन्धी प्रस्ताव छिटै अघि बढदैछ,’ मन्त्रालय स्रोतले भन्यो ।

प्रमुख विशेषज्ञ डा प्याकुरेलले भने सबै संरचना परिवर्तन हुँदै गर्दा विभागको संरचनामा पनि केही परिवर्तन हुनसक्ने संकेत गरे । उनले भने ‘विभाग नै हटाउने वा नहटाउने भन्नेमा हामी पुगिसकेका छैनौँ । तर दोहोरो काम हुने गरी संरचना किन राख्नुपरयो भन्नेमा छौँ । त्यसैले विभागमा १२ औँ तहको महानिर्देशक राख्ने व्यवस्था नहुन सक्छ । केही परिवर्तन हुनसक्छ । तर अहिले यहि नै भनेर भन्ने अवस्थामा छैनौँ । हामी होमवर्क गर्दैछौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “जिल्ला स्वास्थ्य कार्यालयको संरचना अब यथावत, विभाग खारेज गर्ने तयारी

  1. First of all do situational analysis and please set the principals on which basis you are restructuring at ur wish ,ministers wish or so called experts .
    Health service delivery to all nepalies people in present context (federal system) is a prim objectivec
    Then ask urself why you are doing restructuring .
    Dr L.R Pathak

  2. स्वास्थ्य क्षेत्रका हालसम्म प्राप्त उपलब्धिकाे रक्षा गर्ने हाे र स्वास्थ्य क्षेत्रकाे विगत एक वर्षको बेथिति अन्त्य गर्ने हाे भने स्वास्थ्य संरचनालाई स्थानीय तहकाे मातहत हाेइन संघीय सरकार कै मातहत राख्नु उपयुक्त हुन्छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई असक्षम अनुभवहीन कर्मचारी तथा ढुङ्गा गिट्टीलाई मात्र विकास ठान्ने जनप्रतिनिधिको जिम्मा दिने हाे भने अबको केही वर्ष म‌ै स्वास्थ्य स्थिति झन‌ नाजुक बन्ने निश्चित छ । यसतर्फ नीति निर्माताकाे ध्यान जान जरुरी छ । त्यसैले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताकाे लागि संघीय सरकार कै मातहत रहने गरी स्वास्थ्य क्षेत्रकाे संगठन संरचना बन्नु पर्छ भन्ने हामी जस्ता दुरदराजमा सेवा दिने स्वास्थ्यकर्मीकाे एकवर्षकाे अनुभव रहेको छ ।

Leave a Reply to टेकबहादुर खत्री Cancel reply

Your email address will not be published. Required fields are marked *