गर्भजाँच गराउनेलाई एक क्यारेट अण्डा निःशुल्क

काठमाडौँ, ३१ भदौ । नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य चौकीले गर्भजाँच गराउनेलाई एक क्यारेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्यारेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा एक क्यारेट अण्डा, नौ महिनाको समयमा थप एक क्रेट अण्डा, दन्त मञ्जन एक सेट, आयोडिनयुक्त नून एक प्याकेट, नुहाउने साबुन एक, लुगाधुने साबुन एक र चना एक केजी प्रदान गरिने भीमढुङ्गा स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहयोगी प्रकाश खतिवडाले बताए ।

गर्भवती महिलाको पोषणको अवस्थामा सुधार ल्याउन र गर्भवती अवस्थामा आउन सक्ने समस्याको बेलैमा पहिचान तथा उपयुक्त व्यवस्थापन गर्न कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहयोगी खतिवडाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *