डेन्टल एसोसिएशनको अध्यक्षमा डा. प्रविन्द्र निर्वाचित

काठमाडौँ, ३१ भदौ ।  हिजो सम्पन्न दन्त चिकित्सकहरुको छाता संस्था नेपाल डेन्टल एसोसिएशनको अध्यक्षमा डा प्रविन्द्र अधिकारी निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी डा सुभित मास्केलाई ५८ मतले पछि पार्दै डा. अधिकारी निर्वाचित भएका हुन् । उनले ३ सय ८९ मत पाएका पाउँदा उनका प्रतिस्पर्धी डा. शुभित मास्केले ३ सय ३१ र डा. सेन्चेमा लिम्बूले १६८ मत थिए ।

एशोसिएसनको उपाध्यक्षमा डा . आशिष भट्टराई र महासचिवमा डा.  कुम्भराज जोशी निर्विरोध निर्वा्चित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा ४ सय ७५ मत ल्याएर डा. अजय शाह बिजयी भएका छन् । एशोसियसनको सहसचिवमा डा. जोह गुरुङ ४ सय ७८ मतका साथ बिजयी भएका छन् । सदस्यहरुमा डा. सन्तोष अधिकारी, डा।.स्वेता सिंह, डा . सूर्यनारायण पुन र डा. कृष्णप्रसाद रेग्मी बिजयी भए ।

कसले कति मत पाए ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *