यसरी घरमै बनाउन सकिन्छ अनुहारको तिलकोठी र चाया हटाउने फेसप्याक

अनुहारमा निस्कने चायाले धेरै मानिसलाई सताएको हुन्छ । पुरुषभन्दा पनि महिलाहरू यो समस्याबाट बढी ग्रसित हुन्छन् । यसको सही उपचार गर्न धेरै खर्चसमेत गरिरहेका हुन्छन् । चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । यस्ता समस्याबाट छुटकारा पाउन ब्युटिसियन कल्पना शाक्यले केही प्याक बनाउने उपाय सुझाएकी छिन् ।

तिलकोठीलाई फेसप्याक

  • हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।
  • बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ ।
  • एक कप दूधमा दुई चम्ची ह्विस्की मिसाई आधा कप हुने गरी पकाउने र त्यो लेपलाई सुत्नुअघि लगाई २० मिनेटपछि पखाल्ने ।
  • चायालाई फेसप्याक
  • एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेँडाको रस र त्यसमा पाउरोटीको सेतो भाग मिसाएर प्याक बनाई अनुहारमा लगाउने । २० मिनेटपछि पखाल्ने ।
  • मुगीको दाल ठूलो एक चम्चा, दही सानो एक चम्चा, अन्डाको सेतो भाग र पहेँलो भाग दुई चम्चा, आधा भाग कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाउने । २० मिनेटपछि पुछ्ने (पखाल्ने) ।
  • कालो तुलसीको पातमा थोरै मह, तीन–चार थोपा कागतीको रस मिसाएर राति सुत्ने वेलामा फेसप्याकका रूपमा लगाउने । २० मिनेटपछि पखाल्ने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *