बढ्दै छ आत्महत्या : कसरी न्युनिकरण गर्ने ?

    – ममता भट्टराई, मनोविमर्श कर्ता

विश्वमा प्रत्येक सेकेण्डमा ४० जना मानिसले आत्महत्या गर्दछन् ।

  • नेपालमा प्रत्येक दिन औषत १४ जना मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।
  • संसारमा मृत्यु हुने १५ मुख्य कारणहरुमा आत्महत्या एक मुख्य कारण हो ।
  • विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल आत्महत्या गर्ने मुलुकमध्ये सातौं स्थानमा पर्दछ ।

माथिका बुँदाहरुले स्पष्ट गरिसक्यो नेपाल मात्रै होइन संसारभर नै आत्महत्याको अवस्था डरलाग्दो छ । यसको संख्यात्मक गति तिब्र रुपमा बढी रहेको छ । विशेषगरी युवा तथा किशोर किशोरीहरु आत्महत्याको बाटो रोज्ने गरेका छन् ।

कुनै पनि व्यक्तिले जानि जानि आफ्नो ज्यान आफै लिने प्रक्रियालाई आत्महत्या भनिन्छ । कारणहरु विभिन्न हुनसक्छन्, तर आत्महत्याको दर बढी रहेको छ । र यो एउटा गम्भीर सामाजिक विषय बनि सकेको छ । यद्धपी यसबारे आजसम्म हाम्रो समाजमा खुलेर कुरा गरिदैन ।

कुनै पनि व्यक्तिले आत्महत्या गर्न चाहदैन् । व्यक्ति विविध परिस्थिति, विभिन्न समस्याहरुमा जकडिएर धेरै निराश हुन पुगेको अवस्थामा जब आफ्नो जिवनको बाँच्ने आधार भेटाउदैन त्यस्तो व्यक्तिले यस्तो निर्णय लिने गर्दछ ।

अत्याधिक तनावलाई वहन गर्न नसक्ने अवस्थामा पुगेपछि व्यक्तिको सोच्ने सक्ने क्षमता, ह्रास आउने, परी आएको समस्यालाई सामना र बहन गर्न नसक्ने हुँदै जान्छ । अरु समक्ष आफुलाई जेलि रहेको समस्याले भएका पीडा, दुख खोल्न नसक्दा भित्रभित्रै गुम्स्याएर, दवाएर राख्ने गर्दछ ।

जसले गर्दा व्यक्तिलाई अत्याधिक गाह्रोपनले सताउदै जाने गर्दछ जसको फलस्वरुप व्यक्तिले आत्महत्या गर्ने गर्दछन् । जब पीडा व्यक्तिको वहन गर्ने क्षमता (coping resources) भन्दा बढी हुन्छ तव आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ । व्यक्तिको जीवनमा धेरै उतार चढावहरु हुने गर्दछन् ।

दैनिक जीनका विभिन्न आन्तरिक, बाहिय, र व्यवहारिक रुपमा पर्न आएका ती उतार चढाबका गतिविधिलाई नकारात्मक किसिमको समस्या सामनगर्ने बानी र व्यवहार विकास हुन सक्दछ । आत्महत्या आर्थिक, पारिवारिक, सामाजिक, साँस्कृतिक र व्यवहारिक पक्षका कुराहरुको समीश्रणको अवस्थाले सृजना हुने गर्दछ । आत्महत्या समाजको सबै वर्गमा समान मात्रामा पाईएको छ । यो गरिब वर्गले मात्र गर्दछन भन्ने छैन् ।

आत्महत्या गर्ने व्यक्तिहरुको एउटै समस्या र एउटै कारण हुन्छ भन्ने पनि हुदैन व्यक्ति पिच्छे कारण फरक फरक हुने गर्दछ । व्यक्तिको समस्याको सहि पहिचान गरेर उपयुक्त तरिकाले समस्या समाधान गर्ने गरिएमा आत्महत्यको बढ्दो क्रमलाई रोकथाम गर्न सकिन्छ ।

आत्महत्याको जोखिम सिर्जना गर्ने तत्वहरु :

  • आर्थिक संकटमा परेमा ।
  • परिवारमा सधै कहला झै झगडा र द्वन्द्व भएमा ।
  • सानो सानो कुरामा पनि धेरै आवेशमा आएमा ।
  • आघात, यातना वा हिंसा भएमा ।
  • यौन्यजन्य हिंसा भएमा ।
  • मानसिक रुपमा हिंसा , यातना भएमा ।
  • प्रेममा धोका भएमा ।
  • परीक्षामा असफल भएमा ।
  • पारपाचुके भएमा ।
  • परिवारमा बिछोड वा मृत्यु भएमा ।
  • धेरै तनाबपुर्ण अवस्थालाई सामना गर्न नसकेमा ।
  • उदासिनता धेरै बढदै गएर धान्न नसक्दा ।
  • मानसिक / मनोसामाजिक स्वास्थ्य सम्बन्धि समस्याहरु बढ्दै गएमा ।
  • घर परिवारमार समाजमा एक्लोपनको महशुस भएमा वा बहिष्किरण भएमा ।
  • दीर्घ रोग भएमा ।
  • आफुले गर्नै हरेक क्रियाकलापमा धेरै मनोवाल घट्दै गएमा ।
  • दैवीप्रकले गर्दा विपद्मा परेका बेला ।
  • बेरोजगारि पनको समस्या बढदै गएमा ।
  • कार्य क्षेत्रबाट हुन गएका धेरै तनावलाई व्यक्तिगत रुपमा धान्न नसक्दा ।
  • ऋणको बोझ बढ्दै गएमा ।
  • लागूपदार्थ दुव्र्यसनले

आत्महत्या गर्नै व्यक्तिले एक्कासि आत्महत्या गर्दैन उसले पहिलै देखि केहि संकेतहरु दिने गरेको हुन्छ । आफ्नो परिवार, नजिकको साथीसंगीलाई र मिल्ने छिमेकीलाई आफ्नो कुरामा कुनै न कुनै माध्यम वा तरिकाबाट मर्ने कुरा गरि आफ्नो संकेत छोड्ने गरेका हुन्छ । यद्धपी जनमानसमा “आत्महत्या गर्छु भन्ने व्यक्तिले आत्हत्या गर्दैन ” भन्ने गलत अधारणा रहेको छ ।

आत्म हत्याका संकेतहरु / अवस्थाहरु :

  • पहिले नै आत्महत्याको प्रयास गरिसकेका छन् भने ।
  • आत्महत्या गर्छ भनेर अरुसंग कुरा गर्न थालेमा ।
  • मानसिक ÷मनोसमाजिक रुपमा अस्वस्थ भएमा ।
  • परिवारको सदस्यले आत्महत्या गरेको भएमा ।
  • दैनिक क्रियाकलापमा रुची हराउदै जान थालेमा ।
  • आफुलाई धेरै मन पर्ने कुरा अरुलाई उपहार दिन थाल्न लागेमा ।
  • घरपरिवार र समाजमा हुने हिसाले र वातावरणको प्रभावले पर्न जाने नकारात्मक असरले गर्दा बिरलै मात्रामा कोहि व्यक्तिले एक्कासी सयोजना बिनै आत्महत्या गर्ने निर्णय गर्ने गर्दछन् । उत्तमथिका जोखिमका तत्व र संकेत मध्ये कुनै मिल्न गएमा उसलाई सहयोगका लागि सोध्नु पर्दछ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ देखि २०७५ मा ५,३४६ जना व्यक्तिहरुले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्ने सोच बिचार भएका व्यक्तिलाई यसरी सहयोग गर्न सकिन्छ :

सबैभन्दा पहिले त व्यक्तिको आत्महत्या सोच छ कि छैन भनेर बुझ्नु र पत्ता लगाउनु जरुरी हुन्छ । उसले किन आत्महत्या गर्न खोजेको भनेर ? त्यो सम्बन्धित व्यक्तिलाई विस्तारै तर खुलस्त रुपमा कारण सोध्नु पर्दछ र उसको कुराकानी राम्ररी ध्यान दिएर सुन्नु पर्दछ । मनको कुरा खोल्न सक्ने उचित मैत्रिपूर्ण वातावरण मिलाउनु पर्नै हुन्छ ।

उसलाई बुझ्ने प्रयास गरि मनोवल बढाउने र हौसला दिने गर्नु पर्दछ । त्यो व्यक्तिले गर्ने आत्महत्या संभावना कत्ति छ त्यो कुरा पत्ता लागाउनु अति नै जरुरी र महत्वपुर्ण हुन्छ र सोहि अनुरुप भावनात्मक/संवेगात्मक सहयोग गर्नु आवश्यक्ता हुने गर्दछ ।

जसले गर्दा आत्मत्या गर्न सोच विचार आएका र कोशिश गरेका व्यक्तिलाई यस प्रयासबाट मोटि भेट गरि सामान्या अवस्थामा ल्याउन केहि मद्द पुग्ने गर्दछ । जसले गर्दा आत्महत्याको रोकथाम गर्न सकिन्छ ।

केहि महिलाहरु गर्भवती अवस्थामा वा सुत्केरी भै सकेको अवस्थामा आत्महत्या गर्ने गरेको पाईएको छ । यस बेला यस्ता महिलालाई श्रीमानले र परिवारको सदस्यले तनाव रहित वातावरण, सकारात्मक सोच, राम्रो हेरचाह, माया ममताको वातावरण, व्यवहार र सर्पोट गरेमा उक्त महिलाहरुलाई सुत्केरी अवस्थामा हुने आत्महत्या जोखिमलाई रोकथाम गरि केहि हद सम्म न्यूनिकरण गराउन सकिन्छ ।

रोकथाम :

  • आत्महत्यागर्न सहयोग हुने कुराहरुलाई टाढा राख्ने ।
  •  आत्महत्य गर्न सोच अएमा खुलेर कुरा गर्नै ।
  • परिवार साथी र समाजमा घुलमिल गर्ने ।
  • सामाजिक विभिन्न क्रियाकलापमा सहभागिता जनाउने ।
  • आत्महत्या गर्नु सही वा गलत हो यसबारे सोच्ने र दौतरिहरुसंग छलफल गर्ने ।

तर यी सामान्य उपायले मात्र पुग्दैन आत्महत्या गर्नै सोच भएका व्यक्तिलाई आत्महत्याको अवस्थाबाट न्यूनीकरण गर्नको लागी मनोचिकित्सक, मनोविद् ,मनोविमर्शदाता ,र मनोचिकित्सक नर्सको सहयोग अत्यत्यै जरुरी र आवश्यकता पर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *