मुख स्वास्थ्यमा ध्यान नदिँदा बढ्दैछ क्यान्सर

– डा. निरज पन्त दन्त चिकित्सक

नेपालमा पनि मुखको क्यान्सरको समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।

धूमपान तथा सूर्तिजन्य पदार्थको अति प्रयोग यसको प्रमुख कारण हो । त्यसबाहेक मुख स्वास्थ्यमा ध्यान नदिदा पनि यस्ता समस्या बढी रहेका छन् ।

सरकारले धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न विभिन्न नीतिहरु ल्याएको छ । तर त्यसको कार्यान्वनय गर्न सकिरहेको छैन । यसले दिनानुदिन क्यान्सरका विरामीको संख्या बढाउँदै लैजान्छ ।

त्यसै कारणले पनि धूमपान तथा सूर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नु अति आवश्यक छ । यसको नियन्त्रणका लागि सरकार, समाज, व्यक्तिहरु हातेमालो गर्नु जरुरी छ ।

किन बढ्दै गयो मुखको क्यान्सरको समस्या ?

  • मुखमा समस्या आएको लामो समयसम्म सामान्य त हो भनि वास्ता नगर्ने र अनि अन्तिममा आउँदा अवस्था जटिल भसकेको हुने गरेको छ । यस्तो अवस्थामा सर्जरी गर्नु पर्ने अवस्था हुन्छ ।
  • मुख क्यान्सर सम्वन्धी सचेतनाको अभाव छ । के कारणले क्यान्सर हुन्छ ? कस्ता लक्षण हुन्छन् ? मुख तथा दन्त स्वास्थ्यमा कसरी सचेतता अपनाउने भन्ने बारेमा व्यापक अभियान चलाउनुपर्ने छ ।
  • बढ्दो मुख क्यान्सरलाई रोक्ने उद्धेश्य सहित यसलाई प्रत्येक नागरिकले जानकारी पाउने हिसावले राज्यले सुसुचित गराउनुको विकल्प छैन । राज्यले सहि रुपमा प्रचार प्रसार गरेको खण्डमा मुख क्यान्सरमा देखा पर्ने समस्या समाधान हुन्छ ।
  • नेपाल सरकारको मुख तथा दन्त स्वास्थ्य हेर्ने फोकल पर्सन सक्रिय रुपमा खटेको अवस्था छैन । उनीहरुलाई गाउँ गाउँमा परिचालन गरेको अवस्थामा केहि समस्या समाधान गर्न सहजता आउन सक्न् थियो ।
  • सार्वजनिक स्थानमा धूमपान तथा मद्यपान गरेका मानिसहरु माथि सरकारले कारबाही चलाउनु पर्छ । यसले धूमपान तथा मध्यपानको प्रयोगमा न्युनिकरण हुनसक्छ । कुरा गर्ने तर कार्यन्वयनमा ल्याउन नसक्नुले पनि स्वास्थ्यमा समस्या थपिदै गएको देखिन्छ ।

मुख क्यान्सरबाट कसरी जोगिने ?

  • मुख क्यान्सरबाट बच्नका लागि सबैले बर्षको दुई पटक नभए एक पटक मात्रै भएपनि मुख स्वास्थ्य परीक्षण गराउनु राम्रो मानिन्छ ।
  • आफुले दैनिक रुपमा प्रयोग गर्ने खानेकुराको राम्रोसंग ख्याल गर्ने, दाँत तथा मुखमा केहि समस्या आउने बित्तिकै परीक्षण गराउन जानु पर्छ ।

मुखको क्यान्सर भएको कसरी थाह पाउने ?

  • सामान्यतया मुखको क्यान्सर चुरोट, खैनी, गुडखा, पान पराग जस्ता वस्तुको प्रयोगले हुने गरेको पाइएको छ । कुनै पनि व्यक्तिको गाला, गिजाको भाग विस्तारै कडा हुँदै गयो भने, पहिला भएको मुखको आकार विस्तारै साघुरिदै गयो भने मुखको क्यान्सर होकि भनेर शंका गर्नु पर्ने हुन्छ ।
  • माथि उल्लेखित लक्षणहरुले जिब्रोमा समेत क्यान्सर हुने सम्भावना बढी हुन्छ । तर यसका लागि वायोप्सी गर्नु पर्ने हुनसक्छ । जसले मुखको क्यान्सर कुन स्टेपमा रहेको छ भनेर थाहा पाउन सकिन्छ ।

 

# डा. पन्त नेपाल मेडिकल कलेज जोरपाटीमा आवद्ध छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *