फाजिलमा रहेका एघारौँ तहका ८ जनाको यसरी भयो व्यवस्थापन

काठमाडौँ, १९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाजिलमा रहेका ८ जना ११ औँ तहका कर्मचारीको अस्थायी रुपमा पदस्थापन गरेको छ । गत आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको पदस्थापन गरेको हो ।

पदस्थापन गरिएकाहरुमा डा यदुचन्द्र घिमिरेलाई प्रदेश नम्बर ३ को प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख,  यसअघि नारायणी अञ्चल अस्पतालमा कार्यरत डा. प्रमोद यादवलाई  प्रदेश नम्बर २ को प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुखको जिम्मेवारी दिइएको छ । त्यहाँका चन्द्रदेव मेहतालाई मन्त्रालय तानिएको छ ।

यस्तै अनुज भट्टचनलाई किटजन्य रोग तथा अनुसन्धान नियन्त्रण केन्द्र हेटौडा पठाइएको छ । यस्तै फाजिलमा रहेका महेन्द्र श्रेष्ठ, बद्रीबहादुर खड्का, डा विकास लामछिाने, डा रमेश खरेल, डा राधिका थपलियालाई मन्त्रालयबाटै सेवा सुविधा लिने व्यवस्था मिलाइएको छ । यद्धपी उनीहरुलाई जिम्मेवारी दिइएको छैन ।

‘अहिलेलाई उहाँहरुलाई मन्त्रालयबाटै तलव भत्ता खाने व्यवस्था मिलाईएको छ । अब विस्तारै जिम्मेवारी पनि दिइन्छ होला,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले भने ।

उपल्लो तहका धेरै कर्मचारी फाजिलमा रहँदा स्वास्थ्य क्षेत्रमा भने असर पर्ने जानकारहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *