सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सम्झौँता, डाक्टरहरको आन्दोलन एक साताका लागि स्थगित

काठमाडौँ, १८ भदौ । सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुदे सम्झौँता भएको छ । सम्झौँता पछि नेपाल चिकित्सक संघले आफ्नो आन्दोलन एक साताका लागि स्थगित गरेको छ ।

विहान ११ बजे देखि स्वास्थ्य मन्त्रालयमा भएको बार्तामा सरकारी पक्षले चिकित्सकहरुले उठाएको मागका सम्वन्धमा संसदमा संसोधन प्रस्ताव राख्ने सहमति गरेको थियो ।

त्यसका लागि स्वास्थ्य मन्त्रालयले कानून मन्त्रालयमा पत्र पठाउने र कानून मन्त्रालयले संसदमा संसोधन प्रस्ताव दर्ता गर्ने भन्ने थियो ।
बार्तामा सहजीकरण गरेका नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा कृष्ण अधिकारीले चिकित्सकहरुको मागलाई सरकारले गम्भिरतापूर्वक लिएको प्रतिक्रिया दिए ।

उनले अहिलेको सम्झौँताले चिकित्सक सहज रुपमा आफ्नो पेशामा फर्कने बाताबरण बनेको बताए ।

बार्तामा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव, निमित्त सचिव डा सुशिल प्याकुरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी , नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा कृष्ण अधिकारी, डा दिलिप शर्मा, डा कालुसिंह खत्री तथा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की लगायतको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *