चिकित्सक र सरकारी प्रतिनिधिबीचको बार्ता स्वास्थ्य मन्त्रालयमा जारी

चिकित्सकले गरेको सोमबारको प्रदर्शन : फाइल फोटो

काठमाडौँ, १८ भदौ ।  मुलुकी अपराध (संहिता) ऐन – २०७४ को विरोधमा उत्रिएका चिकित्सक र सरकारी प्रतिनिधिबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहान देखि चलेको बार्ता अहिले पनि जारी छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवको अगुवाईमा चलेको बार्ता सकारात्मक दिशामा अघि बढी रहेको बताइएको छ ।

बार्तामा मन्त्री यादवको अलावा, प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, नेपाल चिकित्सक संघबाट अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की , सह कोषाध्यक्ष डा प्रकाश बुढाथोकी, नेपाल मेडिकल काउन्सिलका तर्फबाट डा. कृष्ण अधिकारी लगायतको टोली छ ।

बार्ता सकारात्मक ढंगले अघि बढी रहेको छ । एउटा सहमतिको विन्दुमा पुग्ने कोशिश भइरहेको छ । बार्तामा सहभागी एक सदस्यले भने ।

उनका अनुसार चिकित्सकले सच्याउनुपर्ने भनिएका विषय बस्तुलाई समेटेर स्वास्थ्य मन्त्रालयले संसोधन प्रस्ताव दर्ता गर्ने र चिकित्सकले आन्दोलन फिर्ता लिने विषयमा छलफल केन्द्रीत छ ।

आन्दोलनको साताव्यापी कार्यक्रम अघि सारेको चिकित्सक संघले ऐनका कतिपय बुधाहरु संसोधन गर्नुपर्ने माग गरेको छ । उसले तत्काल संसोधन नगरिए आन्दोलन यथावत रुपमा लैजाने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *