मुलुकी अपराध (संहिता) ऐन-२०७४ को विरोधमा डाक्टरहरुको प्रदर्शन ( फोटोफिचर )

काठमाडौँ, १७ भदौ । सरकारले १ भदौ देखि जारी गरेको मुलुकी अपराध (संहिता) ऐन २०७४ स्वास्थ्यकर्मी तथा चिकित्सकको विरुद्धमा रहेको भन्दै चिकित्सकहरुले आज बृहत प्रदर्शन गरेका छन् ।

उनीहरुले विहान साढे १० बजे माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म र्‍याली निकालेका थिए । बानेश्वर पुगिसकेपछि र्‍याली कोणसभामा परिणत भएको थियो ।

सभालाई बरिष्ठ चिकित्सकहरु डा ऐके भट्टाचार्य, डा हरिहर वस्ती, डा बसन्त पन्त, डा गोविन्द केसी, डा केदार नरसिंह केसी, डा सरस्वती पाध्य, डा सुनिल शर्मा, डा मुक्तिराम श्रेष्ठ डा लोचन कार्की डा रमेश ढकाल लगायतले सम्वोधन गरेका थिए । उनीहरुले डाक्टरलाई अपराधीकरार गर्ने ऐन तत्काल खारेज गर्न माग गरेका थिए ।

हेरौँ आजको प्रदर्शनको फोटो फिचर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *