कैलाली : ‘माया मेट्रो’अस्पताल सञ्चालनमा

कैलाली, १५ भदौ । धनगढीमा रु १० करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधासहितको ‘माया मेट्रो’ अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २५ श्ययाको उक्त अस्पताल निजी क्षेत्रबाट सञ्चालनमा आएको हो ।

अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा, आइसियु/एनआइसियु/पिआइसियु सेवा, वातानूकुलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवासुविधा रहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *