चिकित्सकीय टोली ४५ जना, भेन्टिलेटर सहितको आइसियू १३ वटा

काठमाडौ, ८ भदौ । आगामी १४ र १५ भदौमा काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुने विशिष्ठ पाहुँनाहरुको स्वास्थ्य सुरक्षाको तयारी तिब्र रुपमा भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको तयारी गरेको हो ।

मन्त्रालय अन्तरगर्तको हेल्थ इमरजेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, सम्मेलन स्थल र पाहुँना बस्ने होटलमा समेत स्वास्थ्य युनिट खडा आकस्मिक सेवा दिने तयारी गरेको छ ।

युनिट प्रमुख चुडामणी भण्डारीका अनुसार भिआईपीका स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलन स्थल र होटलमा ए ग्रेडका एम्बुलेन्स, चिकित्सक तथा स्वास्थ्यकर्मी सहितको टोली खटिनेछ ।

५ वटा अस्पतालका ४५ जना डाक्टर नर्स खटिदै
दुई दिने उक्त सम्मेलनका लागि मन्त्रालयले पाँचवटा सरकारी अस्पतालका चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी ४५ जनाको टोली खटाउँदै छ । टोलीमा त्रिवि शिक्षण अस्पतालबाट ११ जना, निजामती कर्मचारी अस्पतालबाट ७ जना, बीरेन्द्र सैनिक अस्पतालबाट ११ जना पाटन अस्पतालबाट ९ जना र बीर अस्पतालबाट ९ जनाको टोली खटिने छ । सो टोलीमा विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, स्वास्थ्य सहायक र ल्याव टेक्नोलोजिष्ट रहनेछन् ।

भेन्टिलेटर आइसियू १३, आइओलेसेन इमरजेन्सी १५ भिभिआईपी अव्जरभेसन ९ वटा
सम्मेलनमा आउने पाउनालाई लक्षित गर्दै मन्त्रालयले उपत्यकाका सरकारी तथा निजी गरी ८ वटा अस्पतालमा भेन्टिलेटर सहितको १३ वटा आइसियू तयारी अवस्थामा राखेको छ । त्यस्तै आइसोलेसन इमरेजेन्सी १५ वटा र भीभीआईपी अव्जरभेसन ९ वटा वार्ड राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *