अभिभावकले गर्ने धूमपानको असर सन्तानमा यति धेरै !

बीबीसी । एउटा अमेरिकी अनुसन्धानका अनुसार धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका चुरोट नपिउने छोराछोरी वयस्क अवस्थामा पुगेपछि उनीहरूमा फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने जोखिम उच्च छ।

हरेक वर्ष प्रत्येक एक लाखको दरले धूम्रपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेका छन् र बाल्यकालमा हुने ‘प्यासिभ स्मोकिङ’ अर्थात् चुरोट पिउने मानिसहरूको वरपर रहेर हुर्किएमा त्यसले सो संख्यामा ‘थप सातजनाको मृत्यु’ पनि थपिदिने अनुसन्धानकर्ताहरू बताउँछन्।

अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९०० चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनको नेतृत्व गरेको थियो।

धूम्रपान परित्याग’
विज्ञहरू भन्छन्, ‘ बालबालिकालाई जोगाउने सबैभन्दा उत्तम तरिका भनेको धूम्रपान त्याग्नु हो।’

वयस्क अवस्थामा धूम्रपान गर्नेसँग बसेका सहभागीहरूमा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि देखिएको सो अध्धयनले पत्ता लगाएको छ।

प्रत्येक हप्ता १० वा त्योभन्दा धेरै घण्टा चुरोटको धुवाँको सम्पर्कमा आएमा त्यसले ‘इस्कीमिक मुटु रोग’ का कारण ज्यान जाने जोखिम २७ प्रतिशतले बढ्छ।

‘इस्कीमिक मुटु रोग’ लाग्दा मुटुको धमनी साँघुरो भई रगत वा अक्सिजन कम प्रवाह हुनसक्ने अवस्था देखिन्छ। त्यस्तै चुरोट नपिउनेभन्दा चुरोट पिउनेहरू माझ हुर्किएका वयस्कमा मस्तिष्कघातका कारण २७ प्रतिशत तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४२ प्रतिशत रहेको उक्त अध्ध्यनले देखाएको छ।

‘अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिन’ मा उक्त अध्धयन प्रकाशित छ।

अध्ययनका क्रममा सहभागीहरूलाई उनीहरू जीवनभर चुरोटको धुवाँको कत्तिको सम्पर्कमा रहे भनेर प्रश्न गरिएको थियो र त्यसपछि अर्को २२ वर्षसम्म उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको थियो।

एक्सन अन स्मोकिङ एण्ड हेल्थ नामक अभियान समूहकी हेजल चिजम्यानले भनिन्, ‘बालबालिकालाई जोगाउन उनीहरूको सम्पर्कभन्दा बाहिर रहेर चुरोट पिउनु पर्ने पछिल्लो अध्धयनले देखाएको छ। सबैभन्दा सही तरिका भनेको आमाबाबुले चुरोट पिउन नै छाड्नु हो।’

‘जीवनभर जोखिम’
ब्रिटिश लङ फाउण्डेशनका स्वास्थ्य सल्लाहकार डाक्टर निक होपकिनसनले ‘प्यासिभ स्मोकिङ’ को बाल्यकालपछि सम्म पनि एकदमै गहिरो असर हुने बताए।

चुरोट पिउने आमाबाबुका छोराछोरी दम तथा फोक्सो राम्रोसँग विकास नहुने समस्याको जोखिममा हुन्छन्। सो अध्ययनले बाल्यकालमा चुरोटको धुवाँको सम्पर्कमा रहे त्यसको असर वयस्क अवस्थासम्म रहने जसकारण श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोग लाग्ने देखाएको छ।

अम्मलको आँकडा
सो अनुसन्धानका एकजना लेखक डाक्टर रायन डाइभरले भने, ‘प्यासिभ स्मोकिङसँग बाल्यकालमा हुने सम्पर्क तथा अधबैँसे अवस्था र त्यसपछि कडा खालको फोक्सोसम्बन्धी रोगका कारण मृत्यु हुने सम्बन्ध देखाउने यो पहिलो अध्ययन हो।’

उनले भने, ‘हाम्रो खोजले जीवनभर  प्यासिभ स्मोकिङसँग हुने सम्पर्क घटाउन थप प्रमाण दिन्छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *