‘बिरामी र स्वास्थ्य सेवाबीचको दुरी कम गर्ने’ डकनक एप्लिकेशन सञ्चालनमा

काठमाडौँ, ३ भदौ । बिरामी र स्वास्थ्य सेवाबीचको दुरी कम गर्ने दावी गरिएको मोवाइल एप्लिकेसन डकनक सञ्चालनमा आएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सो एपको औपचारिक शुरुवात गरिएको छ ।

डक नकका सिइओ क्षितिज गौतमले आफूहरुले सञ्चालनमा ल्याएको एपबाट विरामीहरुले चाहेको बेलामा घरमै डाक्टर बोलाउन सक्ने , औषधि झिकाउन सक्ने, ल्याव टेष्टको कार्य पनि घरमै गराउन सक्ने र आकस्मिक सेवाका लागि एम्बुलेन्ससेवा समेत तत्कालै झिकाउन सक्ने सुविधा पाउने दावी गरे ।

उनले भने, ‘यो एपको मुख्य उदेश्य विरामी र स्वास्थ्य सेवा, विरामी र चिकित्सक बीचको दुरी कम गर्नु हो ।’

उनले कुनै व्यक्ति घरमै ओपिडी सेवा लिन चाहेको खण्डमा एप्सको माध्यमबाट डाक्टरको सम्पर्कमा पुग्ने र डाक्टरहरु घरसम्म पुगेर सेवा दिने बताए । त्यस्तै आकस्मिक परेको खण्डमा सोही एप्सबाट तत्कालै एम्बुलेन्स झिकाउन सकिने समेत बताए ।

त्यस्तै एप मार्फत आफूलाई चाहिएको औषधि टाइप गरी सो औषधि घरमै मगाउन सकिने समेत उनले जानकारी दिए । उनले औषधि तथा ल्यावटेष्ट प्रयोगशालाकै दररेटमा घरमै उपलव्ध गराइएको समेत बताए ।

कार्यक्रममा केही युवा डाक्टरहरुले सुविधा र प्रविधिको हिसावले राम्रो भएपनि मेडिको लिगलको पाटोलाई ध्यान दिन सुझाव दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *