३०४ जनाको स्तन परीक्षण गर्दा ३२ जनामा गाँठा भेटियो

पोखरा १ भदौ । निशुल्क स्वास्थ्य शिविरमा स्तन क्यान्सर परीक्षण गराएका ३०४ जना मध्ये ३२ जनाको स्तनमा गाँठा देखिएको छ । गाँठा देखिएकाहरुमा दुई जना पुरुष छन् ।

शिविर सञ्चालनका लागि गएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्तन क्यान्सरको आशंका गर्दै थप परीक्षणका लागि अस्पताल रिफर गरेका छन् ।

सृजना विकास केन्द्र पोखराको आयोजना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा गत २९ र ३० भदौमा पोखरा महानगरपालिका ८ पामेमा ब्रेस्ट क्यान्सर स्क्रिनिङ तथा अवाएरनेश क्याम्प सञ्चालन गरिएको थियो ।

सो शिविरमा स्तन परीक्षण गर्न आइ ब्रेस्ट स्क्यानर मेसिनको प्रयोग गरिएको सिविरको संयोजन गरेका विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जनस्वास्थ्य विज्ञ किशोरकुमार प्रधानांगले बताए । उनले आई ब्रेस्ट स्क्यानर मेसिनद्धारा स्तन परीक्षण गरिएको नेपालमै पहिलो पटक भएको दावी समेत गरे ।

शिविरका लागि प्रधानांगसंगै डा सुनिल ढकाल, नर्सिङ सुपरभाइजर अयोद्या पाठक, नर्स मन्जु शर्मा,तारा दवाडी खटिएका थिए । सो क्रममा स्वास्थ्यकर्मीहरुले स्थानीय सर्वसाधारणलाई स्नत क्यान्सरका लक्षण तथा जोगिने उपायका बारेमा प्रशिक्षण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *