यौवन अवस्थामा कति पटकसम्मको यौनक्रियालाई सामान्य मानिन्छ ?

एजेन्सी । दुई जना (जोडी) बीचको नितान्त निजी मामिला हो सेक्स अर्थात यौनसम्पर्क । त्यसैले कतिपटक हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक पनि होइन । फेरी, यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुची, अवस्था, बाताबरण, उमेर, स्वास्थ्य आदिको प्रभाव पर्न सक्छ । त्यसैले सेक्स कतिपटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटिक उत्तर दिन सकिदैन ।

यद्धपी अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन् ।

उनीहरुका अध्ययन अनुसार सामान्य १८ बर्ष देखि २९ बर्षको उमेरका जोडीले बर्षमा ११२ पटक यौनसम्पर्क अर्थात लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिन्छ ।

यस्तै ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइन्छ ।

उमेर बढेसंगै यौन क्रियाकलापमा समेत कमि हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।

तर फेरी पनि छुटाउनै नहुने कुरा के हो भने, यो नितान्त निजी मामिला हो । यसमा निजी रुची, चाहना, बातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्दछ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्दछ । कोही यौवन अवस्थाको व्यक्तिले सोचेँ अनुसार सेक्स गर्न सक्दैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “यौवन अवस्थामा कति पटकसम्मको यौनक्रियालाई सामान्य मानिन्छ ?

  1. म भर्जिन पुरूष हुँ। म 21 वर्ष छु। मेरो यौनाङ्ग अति चिलाउँछ। समाधान के होला?

  2. उमेरको साथै अरु के के कारण हुन सक्छ यौन इच्छा नै नभएमा ? कम्प्युटरमा बढी बस्नाले पनि यस्तो हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *