नर्सिङ काउन्सिलमा रजिष्ट्रार : हाजिर गर्ने दुई जना काम गर्ने एक जना

काठमाडौँ, ३१ साउन । नेपाल मेडिकल काउन्सिलमा रजिष्ट्रारको रुपमा दुई जनाले हाजिर गर्दै आएका छन् । तर कामको जिम्मेवारी भने एक जनालाई मात्रै दिइएको छ ।

यसअघि काउन्सिलको निमित्त रजिष्ट्रार रहेकी विन्दा घिमिरेलाई गत २० साउनको मन्त्रिपरिषद् बैठकले पूर्ण फुल रजिष्ट्रार बनाउने निर्णय गरको थियो । त्यसको भोलि पल्टै रमिला चापागाँईले आफूलाई सर्बोच्च अदालतको आदेश लिएर रजिष्ट्रारमा काम गर्न आएको भन्दै पत्र लिएर काउन्सिल पुगिन् ।

काउन्सिल अध्यक्ष प्राध्यापक गोमा निरौलाले चापागाँईलाई २२ साउनका दिन अपरान्हतिर रजिष्ट्रारकै रुपमा हाजिर गराईँन ।

त्यसयता काउन्सिलमा दुई जना रजिष्टारको रुपमा हाजिर गर्दै आएका छन् । रजिष्ट्रारको सम्पूर्ण जिम्मेवारी भने विन्दा घिमिरेले सम्हालेकी छन् ।

‘खासमा मलाई सरकारले २० साउनमा रजिष्टारको रुपमा नियुक्त गरेको हो । रमिला जीले सर्बोच्चको पत्र भन्दै २२ साउनमा आउनु भएछ र हाजिर गर्नु भएछ । तर अदालतकै भएपनि मन्त्रालयले पत्र लेखिदिनुपर्छ । मन्त्रालयबाट पत्र ल्याउनु भएको छैन । त्यसैले मैले नै जिम्मेवारी सम्हालेको छु,’ घिमिरेले भनिन् ।

उनले अर्की रजिष्ट्रार चापागाईलाई अध्यक्ष निरौलाले अर्कै हाजिरीकपीमा हाजिर गर्न लगाएको बताइन् ।

यस बारेमा काउन्सिल अध्यक्ष निरौलासंग प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *