डाक्टरका नेतासंग स्वास्थ्य मन्त्रीले भने, ‘ऐनमा देखिएका विवादित विषयलाई सच्याउँला’

काठमाडौँ, २९ साउन ।  उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मुलुकी ऐन, मुलुकी अपराध ( संहिता) ऐन२०७४ र मुलुकी फौजदारी कार्यविधि ऐनमा देखिएका विवादित विषयलाई सच्याउन सकिने बताएका छन् ।

आफूलाई भेट्न गएका नेपाल चिकित्सक संघका प्रतिनिधिसंग आज स्वास्थ्य मन्त्रालयमा कुरा गर्दै उनले विवादमा परेका विषय सच्याउन सकिने बताएका हुन् ।

ऐनमा भएका विवादास्पद बुँदाबारे मन्त्री यादवलाई जानकारी गराउँदै त्यसलाई संसोधनका लागि ध्यानाकर्षण गराउन आज संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डल मन्त्रालय पुगेको थियो । सोही टोलीले महान्यायधिवक्ता अग्नी खरेललाई समेत भेटेको थियो ।

‘तपाईँहरुको कुरा सुन्दा केही शाब्दिक गल्ती रहेछ जस्तो देखियो । यो कुरा सच्याउन सरकारलाई खासै समस्या हुन्छ जस्तो मलाई लाग्दैन । यो सचिन्छ.’ मन्त्री यादवको भनाई उदृत गर्दै अध्यक्ष डा श्रेष्ठले भने ।

टोलीसंग मन्त्री यादवले उपचारका क्रममा देखिने समस्यालाई अपराधसंग जोडेर हेर्न नहुने पक्षमा आफू रहेको बताएका थिए ।

‘उप्रधान एवं स्वास्थ्य मन्त्री ज्यूले त राम्रै कुरा गर्नु भयो । अव व्यवहारमा हेर्न बाँकी छ,’ डा श्रेष्ठले भने ।

टोलीले भोलि कानून मन्त्री भानुभक्त ढकालसंग समेत भेट गर्ने योजना बनाएको छ ।

चिकित्सकहरुले मुलुकी ऐन, मुलुकीअपराध (संहिता) ऐन २०७४को दफा २३१ (बदनियत चिताई इलाज गर्न नहुने) दफा २३२ ( लापरबाही वा हेलचेक्राई गरी इलाज गर्न नहुने) र दफा २३९ (क्षतिपूर्ति भराई दिनुपर्ने) ले चिकित्सलाई अपराधी जस्तो बनाएको भन्दै त्यसको तत्काल खारेजी हुनुपर्ने माग राख्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *