प्रतिष्ठानको घटना छानविन गर्न कर्णाली सरकारले बनायो कार्यदल


जुम्ला, २७ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौँ लैजाने क्रममा भएको घटनाको छानवीन गर्न कर्णाली प्रदेश सरकारले छुट्टै कार्यदल बनाएको छ ।

गत ३ साउनका दिन भएको उक्त घटनामा प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स, कर्मचारी र विद्यार्थी सहित प्रहरी तर्फ समेत घाइते भएका थिए । सोही घटनामा अस्पतालमा तोडफोड समेत भएको थियो

उक्त घटनाका बारेमा सरकारी टोली र डा केसीका प्रतिनिधिबीच परस्पर बाँझिएका आभिव्यक्ति आएका छन् । उनीहरुले घटनाको दोष एक अर्कालाई लगाउँदै आएका छन् ।

प्रदेश सरकारको हिजो बसेको बैठकले घटनाको सत्यतथ्य बुझि एक साता भित्र प्रतिवेदन बुझाउन प्रदेश सरकारले मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरेको छ ।

उक्त समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाकाका प्रमुख बृषवहादुर शाही सदस्य रहेका छन् ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले केन्द्र सरकारको स्वामित्वमा रहेपनि प्रतिष्ठान आफ्नो प्रदेशमा रहेको र त्यहाँ हुने गतिविधिमा आफ्नो प्रत्यक्ष सरोकार रहने भएकोले छानवीन समिति गठन गरिएको बताए ।

‘प्रतिष्ठान हाम्रो क्षेत्रमा छ । तर त्यस दिन हाम्रा मुख्य मन्त्री, कानून मन्त्री लगायत अरु सरकारीकारीलाई भेट गर्न जान दिइएन । किन त्यस्तो भयो ? को हो यसको डिजाइनर ? यसबारे सत्यतथ्य आउनु जरुरी छ,’ उनले भने, ‘रिपोर्ट आएपछि संघीय सरकारलाई हामी बुझाउँछौँ ।’

यसअघि प्रतिष्ठानका तर्फबाट गिताभक्त जोशीको संयोजकत्वमा छानवीन समिति गठन गरेको थियो । तर सो समितिले अहिलेसम्म काम गरेको छैन । संजोजक रहेका जोशीले राजिनामा दिएको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *