एमबीबीएस उत्तीर्ण गरेका ७६ प्रतिशत परीक्षार्थी लाइसेन्स परीक्षामा फेल

काठमाडौँ, २७ साउन । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा एमबीबीएस उत्तीर्ण गरेका ७६ प्रतिशत विद्यार्थी फेल भएका छन् । सो परीक्षामा वीडीएस तर्फ भने ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यत्तिधेरै फेल भएको सम्भवत यो नै पहिलो हो । काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्माले शनिबारको परीक्षामा एमबीबीएसतर्फ ७७६ जनाले परीक्षा दिएकोमा १८९ जना मात्रै पास ( २४.३५प्रतिशत) मात्रै पास भएको बताए ।

उनले १२७ जनाले परीक्षा दिएको बीडीएस तर्फको लाइसेन्स परीक्षामा ७३ जना पास (५७.४८ प्रतिशत) भएको जानकारी दिए ।

‘दुबै समूह तर्फको गर्दा समग्रमा पास प्रतिशत २९ रहेको छ । तर एमबीबीएसमा पास हुने प्रतिशत निकै कम हो,’ डा शर्माले भने ।

उनका अनुसार यो परीक्षामा धेरै जसो पटके परीक्षार्थी ( पटक पटक फेल भएर सहभागी हुँदै आएका ) सहभागी थिए । ‘करीब ५ सय जति त पुराना परीक्षार्थी थिए होलान त्यसैले पनि यसपटक धेरै फेल भएको हो कि ?’ उनले अनुमान गरे ।

चिकित्सा अध्ययन उत्तीर्ण गरेको प्रमाणपत्र लिएर आएका विद्यार्थीहरु लाइसेन्स लिने बेलामा यति धेरै फेल हुनुले मेडिकल शिक्षाको गुणस्तरमा थप शंका उब्जाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *