प्रधानमन्त्री ओलीले डा. केसीलाई भने, ‘सम्झौँता कार्यान्वयन हुनेछ’

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीले पुन:अनसन बस्ने अवस्था नआउने बताएका छन् । उनले डा केसीलाई सम्झौँता कार्यान्वनय गर्न सरकार दृड रहेको स्पष्ट पारेका छन् ।

डा केसी सहित उनका टीमसंगलाई शनिबार (आज) आफ्नै निवास बालुवाटार बोलाई भेटवार्ता गरेका प्रधानमन्त्रीले केही ढिलाई भएपनि सम्झौँता कार्यान्वनय भएरै छाड्ने बताएका हुन् ।

भेटवार्तामा डा केसीले १५ दिनभित्र पूरा गर्ने भनिएको मागलाई सरकारले बेवास्ता गरेको अवगत गराएका थिए। प्रधानमन्त्रीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार नै लगेको र मन्त्रिपरिषद्मा आउनुपर्ने विषयमा हकमा भने शिक्षामन्त्रीसँग बुझ्ने जवाफ दिएका थिए।

भेट गर्न डा केसीसंग डा अभिषेकराज सिंह, डा सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, विषद दाहाल लगायतका थिए । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, निजी चिकित्सक डा दिव्यासिंह शाह लगायत सहभागि थिए ।

छलफल विहान साढे ११ बजेबाट करीब २ घण्टा चलेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *