स्वास्थ्यकर्मी संगठन एकीकरण गर्न बनेको कार्यदलले बुझाएन प्रतिवेदन, म्याद थपियो एक साता

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले पार्टी नजिकका स्वास्थ्यकर्मीहरुको संगठन एकीकरण गर्न बनेको कार्यदललाई प्रतिवेदन पेश गर्न एक साताको समय थप गरेको छ ।  कार्यदलले सचिवालयसमक्ष प्रतिवेदन बुझाउन अझै केही दिन लाग्ने भनेपछि समय थप गरेको हो ।

यसअघि सचिवालयले प्रतिवेदन बुझाउने समय आज २५ साउन सम्मलाई तोकेको थियो । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्धारा १७ साउनमा जारी निर्देशनात्मक परिपत्रमा कार्यदलले प्रतिवेदन पेश गरेपछि ५ भदौ भित्र संगठनहरुको एकीकरण गर्ने, १५ भदौ भित्र जनवर्गीय संगठनहरुको केन्द्रीय कमिटिको बैठकहरु आयोजना गर्ने उल्लेख छ ।

सो पत्रमा एकीकरणबाट गठन हुने कमिटिमा संयोजक र आवश्यकता अनुसार सह सयोजकहरु समेत रहन सक्ने व्यवस्था गर्न समेत भनिएको थियो ।

कार्यदलकी एक सदस्य सांसद सुजिता शाक्यले आज प्रतिवेदन बुझाउन नसिकिने भएपछि समय थप गरिएको बताइन । ‘अहिले त पार्टीका सगठनहरुको काम भईरहेको छ । हाम्रो जनवर्गीय संगठनहरुको काम अलि ढिला हुने देखियो त्यसैले म्याद थपिएको छ,’उनले भनिन् ।

उनले कार्यदल नबन्दै दुबै पक्षका स्वास्थ्यकर्मीहरु बसेर छलफल गरेको भन्दै कार्यदल बनेपछि बैठक बस्न नसकिएको बताइन ।
कार्यदलमा शाक्यका अलावा, गोकर्ण विष्ट, अंजना विशंखे, र डा कृष्णसागर शर्मा सदस्य छन् ।

पार्टी एकीकरण हुनु अघि विष्ट एमालेका सचिव थिए भने शाक्य एमालेकै स्वास्थ्य विभाग प्रमुख थिइन । यस्तै विशंखे माओवादी केन्द्रको स्वास्थ्य विभागका प्रमुख थिइन भने शर्मा माओवादी केन्द्र निकट पार्टी निकट डाक्टरहरुको संगठनको अध्यक्ष छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रमा गरी स्वास्थ्यका दर्जनबढी संगठन छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *