न्याम्सको उपकुलपतिमा नाम सिफारिस गर्न सर्च कमिटि गठन

काठमाडौँ, २४ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटि गठन भएको छ । प्रधानमन्त्री एवं न्याम्सका कुलपति केपी शर्मा ओलीले सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यी कमिटि बनाएका हुन् ।

कमिटिका सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा छन् ।

उक्त कमिटिलाई यथासक्य चाँडो नाम सिफारिस गर्न भनिएको छ । चार बर्षे कार्यकाल पुरा गरी उपकुलपति प्राडा गणेश गुरुङ बुधबारबाट विदा भए लगत्तै कुलपतिले सर्च कमिटि गठन गरेको हो ।

कमिटिका संयोजक उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले शुक्रबार ( भोलि ) मध्यान्न १२ बजेका लागि बैठक बस्ने भन्दै सदस्यहरुलाई खबर पठाएका छन् ।

न्याम्समा उपकुलपति सहित शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन लगायतका पोष्टहरु समेत खाली हुँदैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *