दरबन्दीका विषयमा स्वास्थ्यकर्मीद्धारा व्यक्त असन्तुष्टि सम्वोधन हुने संकेत

काठमाडौँ, २४ साउन ।  नयाँ संरचना र दरबन्दीका विषयमा स्वास्थ्यकर्मीहरुद्धारा व्यक्त असन्तुष्टि सम्वोधन संकेत देखिएको छ ।  स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललाई कर्मचारी समायोजन र दरबन्दीका विषयमा देखिएको असन्तुष्टीलाई सम्वोधन हुने गरी संरचना तथा दरबन्दीमा हेरफेर गर्न जिम्मा दिएको छ ।

‘समायोजनका क्रममा विशेषगरी दरबन्दी कटौती भएको, समूह नमिलेको, व्यवस्थापनमा अप्ठेरो परेको आदी विषयमा दिनहु ‘डेलिगेसन’ आउन थाले । तसर्थ यो नमिलेको विषयलाई केही ‘रिभाईज’ गरेर भएपनि मिलाउन पर्छ भन्ने हिसावले मन्त्रालयले सोचेको छ । सचिव ज्यूले मलाई त्यसको संयोजन गर्न भन्नु भएको छ,’ प्रमुख विशेषज्ञ डा. प्याकुरेलले भने ।

उनले अहिले भएका दरबन्दी र भएका समस्याहरुको अध्ययन गरी मन्त्री समक्ष प्रतिवेदन बुझाउने र सोही अनुसार ‘रिभाइज’ गर्ने योजना भएको बताए ।

उनले यी सबैकाम भदौ भित्रै सम्पन्न हुने समेत दावी गरे ।

चिकित्सक, नर्स, फार्मासिस्ट, ल्याव टेक्निसियन मात्रे होइन मात्रै होइन विभिन्न विधामा क्रियाशिल जनस्वास्थ्यकर्मीहरु भइरहेको दरबन्दी काटिएको भन्दै अनसन्तुष्ट व्यक्त गर्दै आएका छन् । उनीहरुले अहिलेको संरचनाले स्वास्थ्यमा आउनुपर्ने उपलव्धी नआई निकै खस्किने चेतावनी दिदै आएका छन् ।

यसअघि संघीयता कार्यन्वयन इकाईका प्रमुख मोहमद दाउदको सयोजकत्वमा गठित टोलीले संरचना र दरबन्दीको व्यवस्थापनको काम गरि आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *