न्याम्सको उपकुलपति नियुक्तिमा ‘विचार पुरयाउन’ गोदानद्धारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, २४ साउन । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको न्याम्सको उपकुलपति सहितका पदाधिकारीको नियुक्तिमा त्यही कार्यरत सरकारी चिकित्सकलाई गर्नुपर्ने माग राखेको छ । गोदानले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटी सो माग राखेको हो ।

गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेको अगुवाईमा मन्त्रालय पुगेको प्रतिनिधि मण्डलले उपप्रधान मन्त्री यादवसंग भेट गरी न्याम्सको उपकुलपति तथा अन्य पदाधिकारी हुन न्याम्सकै हुुनुपर्नेमा सचेत गराएको थियो ।

‘न्याम्समै एकसे एक प्रोफेसर डाक्टर हुनुुहुन्छ । बाहिरबाट किन ल्याउनु परयो ? त्यहि भित्रकै सरकारी डाक्टरलाई गराउनुपर्छ भन्यौँ ।,’ डा . पाण्डेले नेपाली हेल्थसंग भने ।

मन्त्री यादवले भने सर्च कमिटि गठन हुने र त्यसले योग्यता पुगेको दक्ष व्यक्तिहरु छनौट हुने र त्यसमध्यबाट उपकुलपति तथा पदाधिकारीहरुको नियुक्ति हुने बताएका थिए । उनले गोदानको मागको सम्वन्धमा पनि आफू गम्भिर रहेको बताए ।

उपकुलपति शिक्षाध्यक्ष, रजिष्टार तथा डीन सहितका पदाधिकारीहरुको चार बर्षे कार्यकाल भर्खरै मात्रै सकिएको छ । मन्त्रालयले निकट भविस्यमै पदपूर्ति गर्ने योजना बनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *