‘क्वालिटी कन्ट्रोल गरौँ, सय पचास सिटमा किन अल्मलिने ?’

काठमडौँ, २३ साउन । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपाललाई मेडिकल हव बनाउनुपर्ने बताएका छन् । उनले दक्ष चिकित्सक उत्पादन गर्ने मेडिकल कलेज खोल्न र विदेशी विरामीलाई समेत समेत आकर्षित गर्ने बाताबरण बनाउन कन्ज्युस्याई गर्न नहुने स्पष्ट पारेका छन् ।

नेपालमा मिर्गौला प्रत्यारोपण शुरु भएको १० वर्ष पुगेको अवसरमा त्रिवि शिक्षण अस्पतालद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, ‘हामी किन सय सिट पचास सिटमा अल्झिएका छौँ । किन दुई सय सिट दिन सक्दैनौँ । किन थप मेडिकल कलेज खोल्न प्रोत्साहित गर्दैनौँ । अव यस तर्फ ध्यान दिनुपर्ने बेला आएको छ ।’

नेपालमा पढ्ने बाताबरण नबन्दा नेपाली विद्यार्थीहरु बंगलादेश, चाइना, फिलिपिन्स जस्ता देशहरुमा जान बाध्य भएको र कतिपय विद्यार्थी ठगिएको बताए । ‘हामीले यहाँ कलेज खोल्न हुँदैन भन्छौँ, अस्ति म कहाँ बंगलादेशमा अध्ययनरत विद्यार्थीहरु डेलिगेसन आएका थिए । उनीहरुले भन्दै थिए, आफूहरु पढेको कलेज त सरकारी स्वीकृत प्राप्त नै परेनछ । अब के गर्ने ? ‘

उनले नेपाल जस्तो प्राकृतिक रुपमै धनि देशमा मेडिकल टुरिजमको प्राचुर सम्भावना भएको बताए । ‘गुणस्तरमा कुनै सम्झौँता गरिनु हुँदैन । कलेजहरु खोलिनु पर्छ । स्वदेश मात्रै होइन विदेशका विरामी र विद्यार्थी यहाँ आकर्षित गर्नुपर्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा यहाँहरुको हातमा छ,’ शिक्षण अस्पतालका पदाधिकारीलाई संकेत गर्दै उनले भने ।

उपकुलपति खनियाले गरे डा केसीमाथि कटाक्ष
कार्यक्रममा अतिथि बन्न पुगेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले सम्वोधनका क्रममा डा गोविन्द केसीमाथि कटाक्ष गरेका छन् ।

‘त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ, कलेजो प्रत्यारोपण हुँदैछ, अरु पनि धेरै राम्रा गतिविधिहरु भइरहेका छन् । पत्रकारहरुले यता तर्फ कलम चलाउन परयो । खाली त्यो अर्को कुरामा मात्रै चर्चा गर्न भएन,’ डा केसीको अनसनलाई लक्षित गर्दै उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *