क्यान्सर पिडीत श्रेष्ठको उपचारमा शेरा स्मृति प्रतिष्ठानद्धारा सहयोग

काठमाडौँ, २२ साउन ।  प्रदेश नं -३ की उपसभामुख राधिका तामाङले स्थापना गरेको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले बोनम्यारो क्यान्सरबाट पिडीत नुवाकोट- ४ तादिकी अनिता श्रेष्ठको उपचारमा आर्थिक सहयोग गरेको छ ।

प्रष्तिठानले श्रेष्ठको उपचारमा ९० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बोनम्योरो क्यान्सरको उपचार गराई रहेकी श्रेष्ठलाई भेटन हिजो सिभिल हस्पिटल पुगेका नुवाकोटका प्रतिनिधीसभा सदस्य हितबहादुर तामाङ र प्रदेश ३ का उपसभामुख तामाङले प्रतिष्ठानका तर्फबाट चेक हस्तान्तरण गरेका थिए ।

उपसभामुख तामाङले क्यान्सरबाट दिवंगत भएका आफ्ना बाबु शेरबहादुर तामाङ र आमा राम्री तामाङको स्मृतिमा सो प्रतिष्ठान स्थापना गरेकी हुन् ।

उनको उपचारका लागि यसअघि पनि २५ हजार रुपैयाँ प्रतिष्ठानले सहयोग गरेको थियो । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले विगत देखि नै स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न सेवा कार्यहरु गर्दै आइरहेको छ ।

विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा कपी कलम वितरण, स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम, विभिन्न दीर्घ रोगका विपन्न विरामीलाई आर्थिक सहयोग गरिसकेको । हालसम्म यस्ता गंभिर प्रकृतीका रोग लागेर आर्थिक अवस्था कमजोर भएका ७ जना विरामीलाई आर्थिक सहयोग गरिसकेको जनस्वास्थ्यकर्मी बिनोद न्यौपनेले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *