न्याम्स : म आउनु अघि कस्तो थियो ? म आए पछि कस्तो भयो ?

  • प्राडा गणेश गुरुङ

    प्राडा गणेश गुरुङ, उपकुलपति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)

आज भन्दा चार बर्ष अघि अर्थात २३ साउन २०७१ का दिन सरकारले मलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) उपकुलपति पदमा नियुक्त गरेको थियो । मेरो नियुक्ती आज सकिदैछ ।

त्यसबेला मेरो नियुक्ति भए लगत्तै रेक्टर रजिष्टार, डिनको नियुक्ति भएको थियो । त्यसैले मेरो नेतृत्वको टीमका अरु सदस्यले पनि विदा पाउँदै हुनुहुन्छ ।

यस सन्दर्भमा मेरो नेतृत्वको टीमले आफ्नो कार्यकालमा गरेका कामका बारेमा जानकारी दिन उचित ठानेको छु । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नर्सिङ कलेज तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सेवा, कर्मचारीहरु तथा आर्थिक कार्यको व्यवस्थापकीय सुधार, परिवर्तन तथा प्राज्ञिक कार्यमा भएको केही सुधार तथा नयाँ कार्यहरु संक्षिप्तमा पेशगर्ने  कोशिश गरेको छु ।

चार बर्ष अघि नियुक्ति पाएको हाम्रो टीम साच्चिकै लगनशिल र कर्मठ थियो भन्ने हामीले यसअवधीमा गरेका कामले पनि पुष्टी गर्दछ भन्ने हाम्रो दावा हो । त्यसैले पनि मैले आफ्नो कार्यकालमा भएका सुधार तथा कामहरुको सम्छिप्त जानकारी यहाँहरु समक्ष प्रस्तुत गर्न चाहन्छु ।

हामीले जिम्मेवारी लिन अगाडी बिभिन्न कार्यक्रममा प्रस्तुत गरेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सम्वन्धी हामीबाट जारी स्वेत पत्र अनुसार हामीलाई लाग्छ ८०% कार्य हामिले संपन्न गरेका छौँ ।

चि बि रा प्र बीर अस्पतालको सेवाको चुस्तता र सजिलै पहुच होस भन्नका निमित्त बहिरंग तथा अन्तरंग सेवामा ब्यापक सुधारको साथै शल्यकृयाको निमित्त थप व्यवस्था गरेको छ भने अस्पताल सेवालाई आधुनिकिकरण र प्रबिधियुक्त बनाउन अत्याधुनिक औजार उपकरणहरुको ब्यबस्था गरेको छ।

बर्षौदेखि चल्न नसकेको राष्ट्रिय ट्रमा सेन्टर आज पूर्णरुपमा संचालन भएको छ र जटिल ट्रमा तथा अर्थोपेडिक सेवा प्रदान गरिरहेको छ।हामीले जाने बुझे अनुसार आर्थिक पारदर्शी गर्ने कोशिस  गरेको छ ।

चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सेवामा सुलब तथा सजिलो पहुचको निमित्त आबश्यक पुर्वाधारको निर्माण कार्य शुरु भै सकेकको छ भने संस्थागत बिस्तार तथा बिशिष्टिकरणको निमित्त आबश्यक जमिन, गुरुयोजना र कार्य संपन्नताको निमित्त पहल भैरहेको छ।

त्यसै गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई विश्वविद्यालयमा विकास तथा स्तरोन्नतीको निमित्त चि बि रा प्र सभाबाट स्वीकृत लिइ  बिस्तृत कार्य योजना हुदै गरेको छ।

हाम्रा सामु सहमतीमा राखेका पदाधिकारीहरु, वीर अस्पतालमा रहेका बिभिन्न किसिमको कर्मचारीहरुको संरचना र सिमित भौतिक पूर्वाधारको ब्यापक बिसमता र चुनौती हुँदा हुँदै पनि यसलाई संचालन गर्न अवसरको रुपमा सहर्ष स्विकार्दै  हामीले भए गरेको कामहरुको बिस्तृत बिबरण निम्न अनुसार भएको जानकारी गराउँन चाहन्छौँ ।

हामी नेतृत्वमा आउनु अघि वीर अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको अवस्था यस्तो थियो 

वीर अस्पताल तर्फ :

  • आर्थिक तर्फ १२ करोड घाटा तथा ८६ करोड बेरुजु
  • प्रतिष्ठानका कर्मचारीहरुको बृत्तिविकास तथा स्थायीको व्यवस्थापन थिएन
  • सिटि स्क्यान(CT Scan) तथा एम आर आइ (MRI) मेसिन थिएन
  • दक्ष चिकित्सक तथा प्राबिधिक हुदा हुदै पनि हरेक विभागहरु परम्परागत शैलीमा सेवा दिइरहेको र आधुनिक प्रबिधिको निमित्त औजार उपकरणहरु नभएको।
  • अव्यवस्थित बहिरंग सेवा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर :

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टर: निर्माण कार्य पूर्ण भएको ६ बर्ष पुरा भै सक्दा पनि संचलन हुन नसकेको अबस्था।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तर्फ :

  • दिक्षान्त समारोह भएको नै थिएन र ४ बर्षदेखि नियमित सभा समेत पनि नभएको अबस्था।
  • शिक्षकहरुलाइ प्रशिक्षण तथा अनुशन्धान भत्ता सिमित मात्र थियो
  • शैक्षिक कार्यक्रममा मेडिकलमा मात्र स्नाकोत्तर (MD, MS, MDS) र DM/ M.Ch कार्यक्रम थियो भने नर्सिङमा स्टाफ नर्स र बि एन को मात्र कार्यक्रम थियो।
  • कार्यक्रम उपत्यका भित्रका केन्द्रिय अस्पतालमा बाहेक कहि पनि थिएन

हालको अबस्था वीर अस्पताल

व्यवस्थापन तर्फ:

वीर अस्पताल:

  • बिरामीहरुको बहरंग सेवामा चुस्त होश भन्नाको निमित्त ‘क्यु’ प्रणाली लागु गरेको छ।
  • इमरजेन्सी सेवालाई व्यवस्थित र विरामीहरुको सेवा तथा सुविधालाई डिजिटल प्रणाली शुरु गरिएको छ भने बिस्तार गर्न आन्तरिक निर्माण कार्यको काम अन्तिम चरणमा पुगेको छ।
  • काउन्टर सेवा बृद्धि गरि विरामीको पर्खिने समयलाई न्युनिकरण गरिएको छ ।
  • २४ घन्टे हेमोडाइलाइसिस सेवा संचालन गरेको छ भने सघन कक्षमा हेमो-डाइलाइसिसको ब्यबस्था गरिएको छ ।
  • रोटरी राजधानीसंग समन्वय तथा सहभागितामा बीर अस्पतालमा कलेजो परिक्षणको निमित्त फाइब्रोस्क्यान(Fibro scan) मसिन ल्याइ कार्य संचालन भएको तथा रोटरी क्लबबाट बीर अस्पतालमा ९वटा नयाँ हेमोडाइलाइसिस मसिन प्रदान गरेको ।
  • पोष्टअपरेटिभ वार्ड अपुग भएको हुनाले फिमेल सर्जीकल वार्डमा १० शैयाको सघन कक्ष (High Dependent Ward) तैयार गरी सेवा दिइको छ।
  • सिटि स्क्यान: 16 sliced CT Scan स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट २०७२ सालको फाल्गुण देखि नै संचालन गरेको र 128 sliced CT scan २०७४को माघ महिना खरिद संझौता गरी बीर अस्पतालमा ल्याएको। एम आर आइ ( 1.5T MRI ) मेसिन सेवा संचलन भै रहेको र Invasive radiology Service प्रदान गरेको
  • वीर अस्पतालको ईमर्जेन्सीको शैया कमिको बाब्जुत पनि चुस्त ब्यबस्थापनको निमित्त कार्य भएको र बिस्तारको निमित आन्तरिक निर्णको कार्य भै रहेको।
  • न्युरो सर्जरी सेवामा स्तर बृद्धी गरि न्युरो नेभिगेशन( Neuro navigation) , स्टेरियोटेक्टिक (Stereotactic) सेवा, ईण्डो-न्यरोसर्जरी (Endo-neurology) सेवा, तथा इन्ट्रा-अपरेटिभ सिटि स्यानर (Intra operative Scanner) सेवा प्रादान गरेको। शैया तथा सघन कक्ष(Neuro ICU)को कमि भएकोले आन्तरिक ब्यबस्थापन तथा निर्माण कार्यको निमित्त योजना स्विकृत भएको।
  • युरोलोजीमा लेजर सर्जरी (Laser Surgery), पि सि एन एल (PCNL), इ एस डब्लु एल (ESWL) तथा इण्डो-युरोलोजी (Endo-urology) सेवा दिइ स्तर बृद्धी गरेको
  • गाष्ट्रो मेडिसिनमा इण्डोस्कोपी (Endoscopy), ई आर सि पी (ERCP), ईन्डस्कोपिक अल्ट्रासाउन्ड(Endoscopic Ultrasound) तथा ईन्टेरोष्कोपी (Enteroscopy) सेवा प्रदान गरेको
  • नाक कान तथा घाँटी बिभागमा बिशिष्टिकरण तथा स्तर बृद्धीको निमित्त लेजर(Laser) तथा माइक्रोस्कोपिक  र हेड तथा नेक (Head and Neck) क्यान्सर सेवा शुरु गरेको ।
  • सेवा बिशिष्टिकरण गर्न जनरल सर्जरी, मेडिसिन तथा अन्य बिधाहरुमा औजार उपकरणको बृद्दी तथा थप गरेको।
  • सरकारी अस्पतालमा सबै भन्दा पहिलो लिभरको परिक्षण गर्न फाइब्रोस्यान मसिन (Fibro-scan) रोटरी क्लब राजधानीबाट अनुदान अनुरुप बीर अस्पताललाइ प्रदान गरी सेवा दिई रहेको।
  • नेपालको सबै भन्दा पहिलो क्यान्सर सेवा प्रदान गरेको बीर अस्पताल, रेडियोथेरापी मसिन नभएर बर्षौ देखि सेवा अबरुद्द भै रहेकोमा संसारकै अत्याधुनिक टोमोथेरापी(TomoThearpy)मसिनको खरिद प्रकृया पुरा गरि छिट्टै नै सेवा दिने अबस्था रहेको छ।
  • स्वास प्रश्वासम(Pulmonology)सेवाको निमित्त निदान तथा उपचारका उपकरण को साथै दक्ष चिकित्सकको सेवा शुरु गरेको छ।दक्ष स्वास प्रश्वास बिशेषज्ञ चिकित्सक(DM Pulmonologist) द्वारा फोक्सोको परिक्षण, ईण्डोब्रोञ्कियल अल्ट्रासउण्ड(EBUS)(नेपालको पहिलो सेवा),  DLCO आदि को सेवा प्रबाह भैरहेको छ।
  • अस्पतालको सेवा बिशिष्टीकरणमा बाथरोग(Rheumatology) सेवा, तथा रक्त रोग संबन्धी हेमाटोलोजी(Hematology) सेवा बिशेषज्ञ चिकित्सकहरु द्वारा सेवा प्रबह गरेको छ।
  • दैनिक निशुल्क क्यान्सर स्कृनिङ (Cancer screening clinic) कार्य अस्पताल भित्रै गरेको र आशक्त बीरामीहरुलाइ थप केमोथेरापी निशुल्क प्रदान गर्नको साथै मोर्फिन तथा अन्य औषधी संपुर्ण बीरामीहरुलाइ निशुल्क प्रदान गरेको।गत बर्ष(आ ब २०७३।७४)मा १ स्थान र यस बर्ष(२०७४।७५)३ स्थानहरुमा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर तथा सुर्तीजन्य पदार्थको Public Awareness तथा  Screening कार्यक्रमको क्याम्प संचालन गरि करिब १५०० महिलाहरुको परिक्षण गरिएको थियो।
  • जेनेटिक ल्याब (Genetic Laboratory) को स्थापना तथा संचालन कार्य शुरू गरी हजारौ बंशाणुगत रोगिहरु(Genetic Disease) को पहिचान(Diagnosis)गरी आबश्यक परामर्श, उपचार तथा रोगथाम कार्य गरेको र शिकल सेल(Sickle cell) तथा थालासेमिया(Thalassemia) जस्तो रोगको बंशाणुगत रोगको बाहक(Carrier) पहिचान तथा रोगथाम र निर्मुलिकरण (Eradication) अभियानमा कार्य शुरु गरेको।नेपाल आनुशन्धान परिषद बाट परिक्षण गर्ने अभिभारा दिए बमोजिम यस आ.ब. मा करिब १०हजार सिकल सेल बिरामीहरुको रक्त परिक्षण गरेको छ।
  • प्याथोलोजी सेवमा क्लिया, फ्लोसाइटोमेट्री (Flow cytometry), इम्युनोहिष्टोकेमिष्ट्री(Immunohistochemistry) जस्ता अत्याधुनिक उपकरणहरु ल्याइ सेवा संचालन गरेको।
  • दन्त बिभागमा डिजिटल ओपिजी(Digital OPG), सिबि सिटी (CB CT) तथा अस्पताल डेन्टल ल्याबको सेवा दिइ रहेको छ। म्याक्जिल्लो फेशियल सर्जरी सेवा गरि मुख तथा अनुहारको फ्राक्चरको उपचार को साथै कस्मेटिक सर्जरी सेवा शुरु गरेको।
  • अस्पताल फार्मासी २४सै घण्टा संचालन गरेको
  • फोहर मैला ब्यबस्थापनको निमित्त परामर्श सेवामा कार्य संचलन गरेको छ भने शौचालय सफा राखि दुरगन्धमुक्त बनाउने कोशिस गरेका छौँ ।

कर्मचारी ब्यबस्थापन तर्फ:

  • नेपाल सरकारका कर्मचारी तथा चि बि रा प्र का कर्मचारीहरुको सहजता तथा सहजिकरण भएको फल स्वरुप यस  कार्यकाल भित्र एक दिन पनि बन्द हड्ताल नभएको
  • चिबिरा प्रतिष्ठानको प्रतिष्ठान ऐन बमोजिम २०६५।१०।१० भन्दा अगाडीका कर्मचारीहरुलाई प्रतिष्ठानको ऐन बमोजिम सेवा आयोग मार्फत  परिक्षा लिइ  स्थायी गरेको र सोहि नियम बमोजिम स्तर बृद्दी समेत गरेको।
  • चि बि रा प्रतिष्ठानको कर्मचारीहरुको सेवा सुबिधा तथा बृत्ती बिकाशको निमित्त रजिष्ट्ररज्युको अध्यक्षतामा सभा बाट नै एक उच्च समिति खडा गरेको तर कार्य संचालन हुन कठिनाइ देखि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोग सदस्य प्रा डा बिश्वराज जोशी समेतको समिति गठन गरेको प्रतिबेदन कार्यकारीबमा पेस गरि अध्ययनरत रहेको।
  • चि बि रा प्रतिष्ठानका कर्मचारीहरुको सेवा सुबिधाको बारेमा कर्मचारी कल्याण कोषको बिनियम तयारीको निमित्त रजिष्ट्रार प्रा डा  किरण मानन्धरज्युको अध्यक्षतामा बिनियमावली समिति तैयार गरेको र सो प्रस्ताबित बिनियमावली कार्यकारीमा प्रस्तुत गरी अध्ययनरत भएको
  • नर्सिङ प्रशिक्षक(NURSING FACULTIES) तथा इमेजिङ टेक्नोलोजिष्टहरु(IMAGING TECHNOLOGIST)लाइ प्राज्ञिक पद नाम प्रदान गरी स्नाकोत्तर कार्यक्रम संचालन गरेको
  • नेपाल सरकार तर्फ बाट चाहिने आबश्यक बिशिष्ट बिशेषज्ञ चिकित्सक तथा नर्सिङ कर्मचारीहरुको लघु ओ एम एन तैयार गरी थप कर्चारीको ब्यस्थापन गरेको
  • चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका संपूर्ण कर्मचारीहरुको स्वास्थ्य बिमा गरेको।
  • कार्यालय सहयोगी तथा सरसफाइका कर्मचारीहरु बाह्य सेवा परामर्शमा राखि अस्पताल सेवा प्रदान गरेको
  • आबश्यक चिकित्सक तथा नर्सहरु सेवा बृद्धी र बिस्तार भए अनुसार अस्थायी प्रकृतीका कर्चारीहरु राखि सेवा सुबिधा प्रदान गरेको

भौतिक पूरवाधार तथा प्राज्ञिक विकास कार्य :

  • भुकम्पले अब्यबस्थित भएको अबस्थामा राष्ट्रिय ट्रमा संचालन ल्याइ अतुलनिय सेवा दिएको। घर निर्माण भएर पनि ६ बर्ष सम्म चल्न नसकेको चि बि रा ट्रमा सेन्टर मानव संसाधनको बिस्तृत सर्बेक्षण, दरबन्दी तैयार तथा आबश्यक अत्याधुनिक औजार उपकरणहरु जडान गरी पूर्णरुपमा सेवा सुचारु गरेको।
  • जाइका (JAICA) संग सहयोग मागी गुरुयोजना अनुरुप Phase III बिशेषज्ञ वार्डको भवन बनाउन पहल गरी बीर अस्पतालमा बिशेषज्ञ मेडिकल भवन निर्माण कर्य शुरु, गरी ६०% भवन निर्माण कार्य सम्पन्न भएको छ।
  • बिर अस्पतालको गुरु योजना तैयार गरी बहुबर्षिय योजना अन्तर्गत Phase I, II  को भवन  टेन्डर भै सर्जिकल ब्लक भवनको शिलान्यास गरी पाएल्स(Piles) तथा राफ्ट( Raft) को निर्माण कार्य ६०% सम्पन्न भएको छ।
  • बिस्तारित चिबिराप्र दुवाकोटको ५२० रोपनी जग्गा दर्ता, लालपुर्जा प्राप्ती, नापी सर्बेक्षण तथा सिमान्कन, डिजिटल नापीतथा आयोजना प्रस्ताब (Project Proposal) र गुरु योजना(Master Plan) तैयार भएको र दातृ-राष्ट्र वा नेपाल सरकारबाटै बनउने प्रस्ताब कार्य शुरु भएको। चालु आ ब मा बिस्तृत परियोजना रिपोर्ट (Detail Project Report), वाताबरणिय असरको परिक्षण (Environmental Impact Assessment) तथा भौगर्भिकसर्बेक्षणक(Geological Test)को निमित्त रकम बिनियोजन गरेको।
  • चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानबाट उपत्यकाका थप नागरिक अस्पताल तथा काठमाण्डौ मोडेल अस्पताल र उपत्यका बाहिर भरतपुर, नेपालगंज, बुटवल, भैरहवा बिराटनगर अंचल अस्पताल र बैलपाटा, धादिङ तथा ओखलढुंगा जस्ता जिल्ला अस्पतालमा कार्यक्रम तथा सेवा बिस्तार गरेको छ।
  • बिस्तारित संस्थाहरुलाइ संस्थागत प्राज्ञिक संस्थामा बिकाश गर्न, प्राज्ञिक वाताबरणमा रुपान्तरण गरी गुणस्तरिय सेवा तथा अनुशन्धानमुलक बनाउनको साथै आत्मनिर्भर बनाउन चि बि रा प्रतिष्ठानको २४औ सभाबाट प्रतिष्ठानलाई बिश्वबिद्यालयमा स्तोन्नती गर्न बिस्तृत छलफल गर्ने निर्णय गरेको छ।

आर्थिक ब्यबस्थापन:

  • बेरुजु फर्स्यौट: गत बर्ष करिब ४५% मात्र बेरुजु फर्स्यौट भएको र सैधान्ति बेरुजु रकम करिब ३ करोड मा झारेको
  • आर्थिक ब्यबस्थापन: आ ब २०७४।७५को आन्तरिक आमदानी आनुमानित ३५ करोड लक्ष राखिएकोमा करिब ३३करोड शंकलन भएको, ५करोड बराबरको निशुल्क सेवा प्रदान गरेको। अस्पतालको स्तर बृद्धी तथा आधुनिकरण गर्न नेपाल सरकारको अनुदानमा करिव १अर्ब २७ करोड बराबरको औजर उपकरण खरिद  गरि सेवा दिइरहेका छ।

राष्ट्रिय ट्रमा सेन्टर

  • भुकम्पको समयमा संचालन गरी हजारौलाइ सेवा दिएको(प्रतिबेदनमा उल्लेखित)
  • ट्रमा सेन्टरको दरबन्दी तयार गरी संचालनमा ल्याएकको
  • चिबिराप्र राष्ट्रिय ट्रमा सेन्टरमा पेपरलेस प्रणाली( PAPERLESS SYSTEM)मा संचलनको निमित्त आबश्यक सफ्टवेरहरुको ब्यबस्थापन गरको र प्याक(PACS) प्रणाली लागु गरेको
  • ट्मा संचालन पूर्णरुपमा संचलन भएको र अर्थोपेडिक्स तथा ट्रमा, न्युरोट्रमा, स्पाइनल ट्रमा, फेशियो-म्यक्जिलरी ट्रमा, पोलीट्रमा, मल्टिपल ट्रमा, तथा प्लाष्टिक तथा बर्न ट्रमाको सेव दिदै आइ रहेको छ।
  • जनरल सर्जरी, न्युरो सर्जरी, कार्डियोभाश्कुलर सर्जरी, स्पाइन तथा लिम्ब सर्जरी, नाककान घाटीको सर्जरी तथा प्लाष्टिक सर्जरी र ट्रमा बीरामीहरू उपचार पश्चात पुनस्थापन(REHABILITATION AND PHYSIOTHERAPY) को निमित्त पुनस्थापन सेवा प्रदान गरेको छ।
  • बहिरंग बिभागमा बीरामीहरुको सुबिधाको निमित्त क्यु प्रणाली लागु गरेको र ट्मा आइसियु बृद्धी गरेको
  • पोष्ट अपरेटिभ वार्ड मा शैया कमि भएको र ट्रमा बिरामीहरु धेरै लामो समय सम्म बिशेष सघन सेवा चाहिने भएको कारण ५औ तल्लामा हाइ डिपेन्डेन्ट वार्ड(HIGH DEPENDENT WARD) संचालनको निमित्त कार्य आरंम्भ भएको
  • संपूर्ण आर्थिक कारोबार बैक मार्फत संचालन गरेको र बेरुजु २०७३।७४मा जिरो भएको। बार्षिक आय यस आ ब २०७४।७५मा अस्पताल सेवा बाट करिब ८ करोड संकलन गरेको छ।
  • ट्रमा अर्थोपेडिक्स, न्युरोट्रमा तथा प्लास्टिक सर्जरी सेवामा अत्याधुनिक उपकरण जस्तै नेभिगेशन प्रणाली( Neuro-navigation), ईन्ट्रा अपरेटिँभ सिटि स्क्यानर (Intra operative CT Scanner) ल्याइ सेवा प्रदान गरेको।प्लाष्टिक सर्जरीमा  लेजर (Laser) तथा लाइपोसक्सन (Liposuction) मेशिन जस्ता मेसिन ल्याइ सेव प्रदान गर्न शुरु गरेको
  • ब्यस्त ट्रमा इमर्जेन्सीको साथै शैया कमी हुँदा हुँदै पनि ट्रमा ईमर्जेन्सी सेवा चुस्त गर्न ईमर्जेन्सी ट्रमा प्रोटोकल (Trauma Protocol) प्रणाली लागु गरेको र २४सै घण्टा बिशेषज्ञ सेवा प्रदान गरेको।
  • दैनिक समय बाहेकका समयमा बेलुकी ४:३० देखि ८:३० बजे सम्म बिस्तरित सेवा (Extended Health System) प्रदान गरेको
  • अस्पतालफार्मासीपूर्णरुपमासंचालनगरेकोर शुन्यलगानीबाटशुरुगरीमासिक८-९लाख खुद मुनाफा कमाउदै गरेको छ।
  • हिप(Hip), घुँडा(Knee) तथा अन्य जोर्नीहरुको प्रत्यारोपण (Joint Replacement) र ढाडको रोग (Spinal Trauma  तथा disorder) आदिको जटिल सर्जरी कार्य गरेको।
  • अर्थोपेडिक बिशेषज्ञ बिज्ञ जस्तै स्पाइनल सर्जन(Spinal Surgeon), आर्थ्रोप्लाष्टी तथा रिकन्सट्रक्शन सर्जन (Arthroplasty and Reconstruction Surgeon), स्पोर्टस तथा आरथ्रोस्कोपी सर्जन (Sports and Arthroscopic Surgeon) हरुको दरबन्दी थप गरेको।
  • ट्रमा सेन्टरमा २४सै घण्टा एक्सरे तथा सिटि स्क्यान(CT Scan) सेवा प्रदान गरेको र रक्तश्राव रोक्न डि एस से DSA) मेशिन द्वारा सेवा दिइ रहेको।ट्रमा सेन्टरलाइ चाहिने एम आर आइ (MRI) मसिनको निमित्त नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा पहल भै रहेको।

 प्रतिष्ठान तर्फ

  • Historical Convocation: ऐतिहासिक दोश्रो दिक्षान्त समरोह पुरा गरी तेश्रो दिक्षान्त समारोह तैयार गरेको
  • University Medical programs: १७ बिषयमा स्नाकोत्तर MD, MS and MDS) र १५ बिषयमा बिद्यावारिधि सरह डि एम एम सि एच (DM M.Ch) को अध्यन अध्यापनलाइ निरन्तरता गरेको।
  • चिकित्स बिज्ञान राष्ट्रिय प्रतिष्ठानका बिस्तारित बिभिन्न अस्पतालहरुलाइ आत्मानिर्भर तथा एक योग्य प्राज्ञिक संस्थामा रुपान्तरण गर्न चिकित्स बिज्ञान राष्ट्रिय प्रतिष्ठानको मौजुदा ऐन अनुसार संबन्धन दिने ब्यबस्था नखुलेको र नेपालमा कुनै छुट्टै मेडिकल बिश्वबिद्यालय समेत नभएको हुनाले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल सरकारको अस्पतालहरुलाइ मात्र संबन्धन दिन सक्ने गरि अख्तियारी सहित मनमोहन स्मृती चिकित्स बिज्ञान राष्ट्रिय बिश्वबिद्यालयमा रुपान्तरण गर्न मिति २०७५ साल असार २६ गत्ते बसेको चि बि रा प्रको १२८सौ सभाबाट  बिस्तृत कार्य अगाढी बढाउने  अनुमती स्वीकृत भै सकेको।
  • Government Priority Project:
    • नेपाल सरकारको प्राथमिक्ताको मिडवाफ्री (Midwifery) शिक्षा सर्बप्रथम चि बि रा प्र नर्सिङ क्याम्पसबाट शुरु गरेको।
    • राष्ट्रको आबस्यक्तालाई मध्य नजर राखि एक बर्षे Anaesthetic Assistant कोर्ष स्टाफ नर्स वा हेल्थ असिस्टेन्टलाई दिइ जिल्ला अस्पतालमा सेवा दिइ रहेको।
  • Faculty development programs: शिक्षकहरुलाई अनुशन्धान कार्यमा संलग्न गर्न र स्नाकोत्तर तथा बिद्यावारिधीको बिद्यार्थीहरुलाई शोध कार्यमा सहयोग गर्न प्रत्येक बर्ष कम्तिमा २ पटक उपत्यकाका बहिरका शिक्षकहरुलाई समेत राखी मेडिकल एजुकेशन (Medical education) तथा रिसर्च मेथोडिलोजी ( Research Methodology) को तालिम दिने गरेको।
  • Specialty Service in community: नेपाल सरकार को निर्देशन अनुसार सामुदायमा बिशेषज्ञ चिकित्सक पठाउन प्रत्येक बिश्वविद्यालय तथा मेडिकल कलेजलाई अभिभारा दिए अनुसार धादिङ, नुवाकोट, बैलपाटा अस्पताल अछाम, तानसेन मिसन अस्पताल, ओखलढूङ्गा सामुदायिक अस्पताल तथा मलङ्वामा पठाएको
  • राज्यको आबश्यक्ता अनुसार नेपाल मेडिकल काउन्सिलको नियम कानुनको अधिनमा रही बढि भन्दा बढी आवासीय चिकित्सकहरुलाई अध्ययन अध्यापन गरेको।
  • Extended NAMS outside Valley: बिस्तारिक कार्यक्रम अनुसार उपत्यका बाहिरका अस्पतालहरु जस्तै भरतपुर अस्पताल, बीराटनगर अस्पताल, नेपालगंज अस्पताल, भरतपुर क्यान्सर अस्पताल, लुम्बिनी अंचल अस्पताल बुटवल, रणअम्बिका आँखा अस्पताल भेरहवा, बीराटनगर आँखा अस्पतालहरुमा बिभिन्न बिषयगत कार्यक्रम संचालन भै रहेका छन।
  • University other academic programs: राज्यको आबश्यक्तालाई महशुस गरी स्नातक तहमा ईमेजीङ टेक्नोलोजीSc Imaging Technology), अप्टोमेट्री (B Sc. Optometry and Vision Science), नर्सिङ साइन्स (B Sc. Nursing Science) तथा मिडवाईफ्री साइन्स (Bachelor in Midwifery Science) को अध्ययन अध्यापन गरेको र स्नाकोत्तर तहमा नर्सिङ साइन्स (Master in Nursing) तथा ईमेजिङ टेक्नोलोजी (M.Sc. In Imaging Technology)मा अध्ययन अध्यापन कार्य यसै कार्यकालमा शुरु गरी दिक्षित समेत भएको। नर्सिङ कार्यक्रम प्रशुतीगृह थापाथली र भरतपुर अस्पतालमा बिस्तार गरिएको छ।
  • Fellowship programs: बिशिष्ट बिशेषज्ञ चिकित्सकहरुको आबश्यक्तालाई महशुस गरि यसै बर्ष(२०७५।७६) देखि बिभिन्न बिषय जस्तै: अप्थाल्मोलोजीका बिभिन्न बिषयमा, ह्यान्ड तथा माइक्रो सर्जरी, गाइने-युरोलोजी र गाइने-अंकोलोजी आदि बिषयमा कम्तीमा १ बर्षे फेलोशिप कार्यक्रम संचालन गरेको
  • Research Fund: अनुशन्धान कार्यलाई तिब्रता एबं प्रोहत्सहन गर्न शिक्षकहरुको अनुशन्धान कार्यका  निमित्त बजेट ब्यबस्थापन गरेको।हाल बिभिन्न २० भन्दा बढी बिषयमा शिक्षक तथा चिकित्सकहरुले शोध कार्य गरेको।
  • International Relationship: अन्तराष्ट्रिय सहयोग तथा सहकार्यको निमित्त, माल्दिब्स, भारतको पजिआइ(PGI) चन्डिगढ, जयप्रकाश नारायण एपेक्स ट्रमा सेन्टर  एम्स(AIIMS), लिभर सेन्टर (ILBS) तथा अन्य संस्थाहरु, बेलायतको मार्डसन बिश्वबिद्यालय, सयुक्त राष्ट्र संघको क्यालीफोर्निय स्थित ईलिन्वइस बिश्वबिद्यालय , चिनको जुटिङ बिश्वबिद्यालय तथा मलेशियाको न्याशनल बिश्वबिद्यालय संग संझौता गेको छ।

गर्नपर्ने कार्य

  • वीर अस्पताल गुरु योजना अनुरुप निर्माण भै रहेको सर्जिकल भवनको लागि आबश्यक भवन निर्माणको कार्य सम्पन्न गर्न थप बजेट तथा निर्माण कार्य पश्चात आबश्यक फर्निचर, शैया तथा औजार उपकरणहरुको ब्यबस्थापनको निमित्त कार्य गर्न पर्ने।
  • जापान सरकारको सहयोगबाट निर्माण भै रहेको बिशेज्ञ मेडिकल भवनको निमित्त आबश्यक फर्निचर, शैया तथा थप औजार उपकरणहरुको ब्यबस्थापनको निमित्त ब्यबस्थापन गर्न पर्ने।
  • बिस्तारित चि बि रा प्र बीर अस्पताल दुवाकोटको DPR, EIA, Soil Test को साथै कम्पाउण्ड वालको ब्यबस्था र यस बृहत परियोजनाको कार्य संपन्न गर्न नेपाल सरकारसंग पहल र बृहत छलफल गरी आगामी आ ब बाट निर्माण कार्य शुरु गर्ने।
  • हालको चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानलाई “मनमोहन स्मृति चिकित्सा बिज्ञान राष्ट्रिय बिश्वबिद्यालय” (Man Mohan Memorial National University of Medical Sciences) मा रुपान्तरण गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत चिकित्सा बिज्ञानको एपेक्स बिश्वबिद्यालय(Apex University) मा स्तरोन्ती गर्ने। मनमोहन स्मृति राख्ने बारे २२ सौ आकस्मिक सभाबाट स्वीकृत भै सकेको छ ।

न्याम्सको उपकुलपतिको रुपमा रहँदा मेरो नेतृत्वमा भएका यी कामहरुलाई सफलतम विन्दुसम्म पुर्याउन मसंगै टीममा रहनु हुने रेक्टर, रजिष्टार, डीन, निर्देशक ज्यूहरुको साथ सहयोग मिहनेत उत्तिकै महत्वपूर्ण छ । हामी टीमवर्कमा विश्वास गर्छौँ र यो सफलता पनि हाम्रो टिमको कार्यकुशलताले प्राप्त गरेको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *