गठिया बाथ के हो ? यसको नियन्त्रण कसरी गर्ने ?

- नेपाली हेल्थ
  • डा श्वेता नकर्मी
डा. श्वेता नकर्मी, बाथरोग विशेषज्ञ

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ  अर्थात  ‘रुमाटोइट आर्थराइटिस’ सबैभन्दा धेरै देखिने बाथ रोग मध्येको एक हो । यसले हाम्रो शरीरको विभिन्न जोर्नीहरुमा असर पार्ने गर्दछ ।

प्राय गरेर ५० बर्ष पछिका व्यक्तिहरुलाई यो बाथको संक्रमण बढी देखिन्छ । त्यसभन्दा कम उमेरका व्यक्तिलाई नहुने भन्ने चाही होइन । अर्थात यो रोग लाग्न उमेरको सीमा छैन ।

गठिया बाथ पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । विभिन्न अध्ययनहरुले गठिया बाथ पुरुषमा भन्दा महिलाहरुमा दुई देखि तीन गुणा बढी भएको देखाएको छ ।

गठिया बाथले सानो जोर्नीहरु जस्तै हात खुट्टाका औँलाका जोर्नी देखि देखि ठूला जोर्नीहरु जस्तै घुडाका जोर्नीहरुमा यसले असर गर्दछ ।

के कारणले हुन्छ गठियाबाथ ?

बाथ रोग अटो इम्युन डिजिजको हो । त्यसकारण यहि नै कारणले यो रोग लागेको हो भनेर भन्ने अवस्था छैन । अर्थात बाथ रोग लाग्नुको सटिक कारण पत्ता लागेको छैन ।

गठिया बाथ विभिन्न कारणले हुने गर्दछ । जस्तै : जस्तै कसैलाई जेनेटिक्स, र संगसंगै इन्भाइरोमेन्टल कारण पनि भइराखेको हुन्छ ।
पुर्खाहरुमा बाथको समस्या थियो वा छ भने सन्ततीहरुलाई  हुने सम्भावना दुई देखि तीन गुणासम्म बढी हुन्छ ।

यो बाथको समस्या कुनै क्षेत्रमा बढी कुनै क्षेत्रमा कम देखिने गरेको छ ।   जस्तै : एसियन राष्ट्रका मानिसहरुको तुलनामा अफ्रिकन मानिसहरुमा कम समस्या देखिन्छ । अर्थात एसियनहरुमा बढी देखिन्छ । अझ नर्थ अमेरिकनहरुमा त एसियनहरुमा भन्दा बढी देखिन्छ ।

गठिया बाथबाट प्रभावितको संख्या कति ?
नेपालमा गठियाबाथबाट प्रभावितको संख्या कति छ ठ्याक्कै भन्न सकिने अवस्था छैन । किनकी त्यससम्वन्धी अध्ययन् नै भएको छैन । विभिन्न देशमा गरिएको अध्ययनबाट विश्व स्वास्थ्य संगठनले औषतमा कुल जनसंख्याको १ प्रतिशतमा गठियाबाथ हुने गरेको अनुमान गरेको छ ।

त्यस हिसावले नेपालमा करीब ३ लाख मासिन यो रोगबाट प्रभावित छन् भन्ने अनुमान गर्न सकिन्छ । तर अस्पतालहरुको विवरण हेर्ने हो भने सबैभन्दा धेरै केसहरु यहि गठियाबाथका आउने गर्दछन् ।

गठियाबाथका लक्षणहरु 


हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन्।  यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ ।

कसै कसैमा शुरुमा जोर्नी नदुख्न पनि सक्छ । अलि अलि ज्वरो आउने  खाना नरुच्ने, जीउ सन्चो नभएको जस्तो हुने । जीउहरु दुख्ने मात्रै लक्षण पनि हुनसक्छ ।

विहान उठदा अरठ्ठ हुने । जोर्नी नखुलेको जस्तो हुने । मुठी कस्न नमिल्ने आदि । जाम जाम भएको जस्तो हुने । जोर्नीहरु सुन्निे आदी संकेतहरु देखा पर्नसक्छ । सबैको जोर्नीहरु सुनिन्छ भन्ने पनि छैन तर धेरै जसोको सुनिन्छ । बढी विहान तिर बढी अनुभव हुन्छ । मुठ्ठी कस्न नसकेको जस्तो ।

विहान बढी दुख्छ । दिउसो हुँदै गएपछि जति हातगोडा चल्छ दुखाई कम हुन थाल्छ र जाम भएको जस्तो जोर्नीहरु खुल्दै गएको अनुभव हुन्छ ।

बाथ रोग भएको मानिसले धूमपान नगरेको वेश ।  बाथ रोग भएको मानिसले धूमपान नगरेको वेश । किनभने बाथ भइसकेको व्यक्तिले धूमपान गर्दा उसलाई थप जटिल अवस्था अर्थात सिभिअर हुने सम्भावना अत्यन्तै बढी हुन्छ । त्यस्तै अरु संक्रमण हुने सम्भावना पनि बढी रहन्छ ।

बाथ  रुघा खोकी  जस्तो पूर्ण निको हुने रोग होेइन  । यो एक पटक लागि सकेपछि पूर्ण निर्मूल हुँदैन ।तर यसलाई नियन्त्रणमा राख्न भने सकिन्छ ।  बाथ हुनु अघि नै रोक थाम गर्छु भन्ने  पनि छैन तर जव लक्षणहरु देखिन थाल्छ तत्काल उपचार गरियो भने यसलाई न्युनिकरण गर्न सकिन्छ ।

समयमै उपचार भएन भने जोर्नीहरु विग्रन पनि सक्छ । त्यसका साथै यसले मुटुमा फोक्सोमा मिर्गौलामा असर गर्न सक्छ । अटो इम्युन डिजिज भएकोले निको चाँही हुँदैन । तर औषधि खाएर यसलाई हामी नियन्त्रणमा राख्न भने सक्छौँ ।

बाथका विरामीले औषधि कहिलेसम्म खाने ?
गठियाबाथमा पनि रोग पत्ता लगाउन विभिन्न सेरोलिकल टेष्टहरु गर्नुपर्ने हुन्छ । एन्टी सिसिभी व्लड टेष्ट यदि पोजेटिभ छ भने गठियाबाथ अलि गम्भीर किसिमको हो भनेर बुझ्न पर्ने हुन्छ । र औषधि जिन्दगीभर नै खानुपर्ने हुन्छ ।

यो बाथमा रोगको अवस्था अनुसार औषधिको मात्रा र परिमाण थपघट वा परिवर्तन गर्न सकिन्छ । कसैलाई सामान्य औषधिले चल्छ कसैलाई अलि कडा खालको औषधि दिनुपर्ने हुन्छ ।

गठिया बाथ भएकाहरुले जिन्दगीभर नै औषधि खानुपर्ने हुनसक्छ । अधिकांशलाई रोग देखिएपछि जिन्दगीभर नै खानुपरेको धेरै उदाहरणहरु छन् । एउटै अवस्थामा मात्रै औषधि रोक्न सकिन्छ, त्यो भनेको बाथ एकदम न्युन छ, दुखाई छैन । अर्थात ६ महिनासम्म कुनै पनि किसिमको दुखाई भएन भने र रगतको रिपोर्टमा पनि बाथरोगको लक्षण छैन भने बन्द गरेर हेर्न सकिन्छ ।

यदि छ महिना देखि मानिसमा बाथ सम्वन्धी कुनै पनि किसिमको समस्या छैन भने त्यस्तो अवास्थामा औषधिहरु विस्तारै कम गर्दै लैजान सक्छौँ र औषधि बन्द नै पनि गर्न सक्छौँ । र यो प्रतिशत एकदमै न्युन हुन्छ । यो रोग लागेका अधिकांशले भने औषधि सेवन गरेकै हुन्छन् ।

# डा. नकर्मी नेशनल बाथरोग सेन्टर रातोपुलमा कार्यरत छिन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *