डिप्रेसन कस्तो समस्या हो ? यसको व्यवस्थापन कसरी गर्ने ?

  • ममता भट्टराई, मनोविमर्शकर्ता

    – ममता भट्टराई, मनोविमर्शकर्ता

डिप्रेसन एक किसिमको मानसिक स्वास्थ्य समस्या हो । व्यक्तिको मनमा उदास भएर यो समस्या आउने गर्दछ र उदासीपनको समस्या बढदै गएपछि मात्रै डिप्रेसन, रोगको रुपमा देखिने गर्दछ ।

अर्को चाहि मानिसको मस्तिष्कमा विभिन्न रसायनिक तत्वहरु हुने गर्दछन् जसमध्ये Catecholamine र Indoleamine मा पनि  Norephinephrin  र Dopamine  रसायनिक तत्वको मात्रामा गडबड भएमा र सेरोटोनिनको मात्रामा कमि हुन गएमा डिप्रेसन जस्तो मानसिक रोग हुने गर्दछ।

मानसिक बिरामीहरुले उपचार नपाउनुको धेरै कारणहरु छन् । ती मध्ये जनचेतनाको अभाव र यस्ता बिरामीहरुलाई हेर्नै नकारात्मक दृष्टिकोणमा प्रमुख कारण हो ।

यस्तै मानसिक रोगलाई दैवी शक्ति, भूत प्रेत र पूर्वजन्मको पाप र श्रापले गर्दा हुने गरेको भन्ने समेत अवधारणा पाइन्छ । कतिपयले यस्तो समस्यालाई मानिसको मन कमाजोर भएर भएको वा यस्ता व्यक्ति बिरामी होइनन् भन्ने सोच र धारणा राख्ने गरेको समेत पाइएको छ ।

मानसिक बिरामी भएकाहरुलाई पागल हो, बौहला हो ,बौहुलाउने रोग लागेको भन्ने सोच राख्ने तत्व अझै पनि समाजमा यत्रतत्र छ ।

समाजमा यस सम्वन्धी समस्यालाई हेर्ने दृष्टिकोणमा अझै स्पष्ट नभएकै कारण अहिले पनि कतिपय मानसिक स्वास्थ्य समस्या भएका विरामीलाई पौराणिक विचार र आस्थाका आधारमा धामी झाँक्रीकोमा झारफुक गर्न लैजाने गर्दछन् । यसले मानसिक स्वास्थ्य समस्या भएका विरामीको संख्या घट्नुको सट्टा झन् झन् बृद्धि हुँदैगएको छ ।

मानव जीवनमा कहिलेकाँही उदास र दिक्क जसलाई पनि लाग्ने गर्दछ, उदास पार्ने घटना जसको जिन्दगीमा पनि हुनसक्छ, घटन सक्दछ । तर जब यस्ता घटनाले व्यक्तिको दैनिक क्रियाकलापमा अवरोध पार्दै जान्छ भने त्यसलाई डिप्रेशन भएको मानिन्छ ।

Depression

के कारणले हुन्छ डिप्रेसन ?

  • मस्तिष्कमा हुने रसायनिक तत्वहरुमा गडबडी भएमा ।
  • आर्थिक ।
  • पारिवारिक ।
  • सामाजिक ।
  • राजनैतिक ।
  • हिंसा ,द्वन्द्व ।
  • यौनजन्य हिंसा ।
  • बेरोजगारिपन ।
  • प्रेममा असफल, धोका भएमा ।
  • धेरै माया गर्ने घनिष्ठ व्यक्तिको मृत्यु भएमा ।
  • मानवद्वारा सृजित हिंसात्मक घटनाहरु घटाइएमा ।
  • दैवीप्रकोप घटना घटन गएमा ।
  • अत्याधिक मात्रामा लागुपदार्थ सेवन गरेमा ।
  • दीर्घरोग भएमा ।

डिप्रेसन हुने लक्षणहरु यस्ता छन्

  •  उदासीपन भै रहनु ।
  •  निन्द्रा गडबड हुनु वा नलाग्नु ।
  •  खुसी हुन नसक्नु ।
  •  अनावश्यक रुपम रोइ रहनु ।
  • चिडचिडाहट हुनु ।
  • इच्छा मरेर जानु ।
  • कुनै पनि काम गर्न जागर नलाग्ने ।
  • जीउभारी भै रहनु , गल्नु, दुख्नु ।
  • ध्यान केन्द्रि गर्न नसक्नु ।
  • एकहोरो झोत्र्mयाएर बस्नु , टोलाइ रहनु ।
  • एक्लै एकान्तमा बस्न रुचाउनु ।
  • परिवार, समाज, साथीभाई संग घुलमीन नहुनु ।
  • यौन इच्छामा कमी आउनु ।
  • बिर्सिर्ने बानी हुँदै जानु ।
  • सामाजिक क्रियाकलपमा संलग्न हुन मन नलाग्नु ।
  • आत्म विश्वासमा कमी हुँदै जाने आशा मर्ने ।
  • नकारात्मक सोच मात्र आइरहने ।
  • केहि कम मात्रामा वंशाणुगत पनि हुने गर्दछ ।
  • बाल्यावस्थामा आघातको अनुभव भएमा ।
  • कार्यगत तनाव बढेमा,
  • कार्य गत असफलताले गर्दा ।
  • नोकरीबाट अवकाश भएमा ।
  • पारिवारिक समस्यावा वैवाहिक सम्बन्धमा समस्या परेमा ।
  • आत्म हत्यागर्न सोच्ने र योजनाबनाउने ।

डिप्रेसनमा केही शारीरिक लक्षणहरु पनि देखिने गर्दछ

  • पेट दुख्ने ।
  • खाना रुची नहुनु वा अत्याधिक मात्रामा रुची हुनु ।
  • तौल घटदै जानु वा आवश्यता भन्दा तौल बढ्दै जानु ।
  • खोक्ने, छाती वा पिठ्यूँमा पीडा हुने ।
  • अत्याधिक मात्रामा रिस उठ्ने ।
  • रिंगटा लाग्ने ।
  • शरीर झभमझ हुने, पोल्ने ।
  • टाउको भारी हुने, गल्ने, दुख्ने ।
  • कब्जियत हुने र असामान्य रुपमा पखाला लाग्ने ।
  • कमजोरी महशुस हुने ।
  • श्वास लिन गाह्रो हुने ।
  • खाना नपच्ने ।
  • वाक वाकी लाग्ने ।
  • मुख सुक्ने

डिप्रेसनको व्यवस्थापन कसरी गर्ने ?

कम कडा खालको डिप्रेसन छ भने मनो विमर्श सेवा ( काउन्सिलिङ )) ले मात्रै पनि व्यवस्थापन गर्न सकिन्छ तर कडा खालको डिप्रेसन छ भने मनो चिकित्सक सेवाका साथै मनोविमर्श तथा मनो सामाजिक सहयोग प्रदान गर्नु आवश्यक हुन्छ ।

मनोसामाजिक सहयोगका केहि उपायहरु :

  • प्रभावित व्यक्तिसंग स्नेहपुर्ण व्यवहार र राम्रो बोलीचाली गर्ने ।
  • प्रभावित व्यक्तिलाई सकारात्मक दृष्टिकोणले हेर्ने ।
  • प्रभावित व्यक्तिको बानी व्यवहारलाई आलोचना नगर्ने र दोष नदिने ।
  • प्रभावित व्यक्तिलाई यस्तो बिरामी भयो भनेर नहेप्ने ।
  • आदर गर्छौ भनी सदभाव देखाउने ।
  • सक्रिय तथा व्यस्त बनाउन सहयोग गर्ने ।
  • उदासीनता सम्बन्धि जानकारी दिने ।
  • उपचारको लागि समय पनि लाग्न सक्छ भन्ने कुरा थाहा दिने ।

डिप्रेसन जुनसुकै बेला पनि जुनसुकै वर्ग,उमेर, समूह, जातजाती, धर्म, गरिब, धनी, जसलाई पनि हुन सक्दछ ।

उक्त डिप्रेसनका लक्षणहरु लगातार दुई हप्ता भन्दा बढी सम्म देखिन गइरहेमा मनोविमर्श सेवा लगायत उपचारको लागि मनोचिकित्सक कहाँ जानु पर्दछ ।

# मनोविमर्शकर्ता भट्टराई कोशिश नेपाल संस्थामा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *