त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. महराद्धारा राजिनामा

प्राडा दीपक महरा

काठमडौँ, ४ साउन । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा दीपक महराले पदबाट राजिनामा दिएका छन् । आज देखि लागू हुने गरी उनले हिजो त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीन कार्यालयमा राजिनामा बुझाएका हुन् ।

संयोग नै मान्नुपर्छ जुम्लामा अनशनरत डा गोविन्द केसीलाई सरकारले हिजो मात्रै रेक्स्यु गरी त्रिवि शिक्षण अस्पतालमा ल्याएको छ । तर डा महराले आफ्नो राजिनामा अनशनसंग कुनै साइनो नभएको स्पष्ट पारेका छन् ।  उनी भन्छन्, ‘मैले पारिवारिक कारण राजिनामा दिएको हुँ ।’

उनले त्यसको जानकारी एक साता अघि नै त्रिवि उपकुलपति चिकित्साशास्त्र अध्ययन् संस्थान ( आइओएम)का डीन लगायतका पदाधिकारीहरुलाई गराइसकेको उनले बताए ।

‘मेरो राजिनामा आकस्मिक होइन । म केही महिना देखि पारिवारिक समस्यामा छु । त्यो कुरा मेरा सहकर्मीहरुलाई पनि थाह छ । तर आर्थिक बर्षको अन्त्यतिर राजिनामा दिदा संस्था र अरु साथीहरुलाई झमेला हुन्छ कि भनेर रहेको हुँ । अव आर्थिक बर्ष सकियो । त्यसैले मैले राजिनामा दिएको हुँ ‘डा. महराले  बताए ।

त्यसो त प्राडा महराको ४ बर्षे कार्यकाल करीब ५ साता अघि नै सकिएको हो । त्रिवि कार्यकारी परिषदले अर्को व्यवस्था नभएसम्म भन्दै तीन महिनाका लागि पदावधी थपेको थियो ।

परिषदले नयाँ निर्देशक छनौट गरी सिफारिस गर्न आइओएम डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि समेत गठन गरेको छ । सर्च कमिटिमा प्राडा जीवन शेरचन र प्राडा रमेश भण्डारी सदस्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *