एनएमए केन्द्रले भन्यो ‘डा. केसीलाई अपहरण शैलीमा उठाइयो’

काठमाडौँ, ३ साउन । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डा गोविन्द केसीलाई अपहरण शैलीमा उठाएको भन्दै सरकारको विरोध गरेको छ ।उसले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा बल प्रयोग गर्न नपाउने विश्व व्यापी मान्यता विपरित सुरक्षाकर्मी छिरी स्वास्थ्यकर्मी, आम सर्वसाधारणमाथि लाठी चार्ज अश्रु ग्यास र गोली समेत प्रहार गरेको भन्दै घटनाको निन्दा गरेको छ । 

संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा घटनाको सत्यतथ्य छानवीन गर्न र दोषी माथि कारबाही गर्न समेत माग गरिएको छ ।

अस्पताल सम्वेदनशील क्षेत्र हो भन्ने बुझेको संघ आफैले भने आज अस्पतालको ओपिडी सेवा बन्द गरी दिनभर प्रदर्शनमा उत्रिएको थियो ।

त्यसो त आजै मात्रै एनएमए कर्णाली शाखाले डा . केसीको जीवन रक्षाका लागि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुरयाउन सरकारको ध्यानाकर्षण गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *