
जुम्ला ३ साउन । डा. गोविन्द केसीले माग पुरा नभई काठमाडौँ नजाने अडान लिएपछि जुम्लामा उनलाई विद्यार्थी देखि सर्वसाधारणसम्मले साथ दिएका छन् ।
सरकारी टोलीलाई डा केसीसम्म पुग्न नदिन विद्यार्थी तथा सर्वसाधारणले मानव सांग्लो बनाएका छन् ।
स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेपनि डा केसी सम्म पुग्न सकेको छैन ।
केसीलाई काठमाडौँ लैजान लागेको विरोधमा यतिवेला जुम्लामा स्थानीय आमा समूहले समेत प्रदर्शन गरेको खबर छ ।