सेवा सुचारु गर्नुपर्छ भन्ने र बन्द गर्नुपर्छ भन्ने पक्षबीच शिक्षण अस्पतालमा विवाद

काठमाडौँ, ३ साउन । त्रिवि शिक्षण अस्पतालमा सेवा सुचारु गर्नुपर्छ भन्ने पक्ष र बन्द गर्नुपर्छ भन्ने पक्षबीच विवाद भएको छ ।

डा गोविन्द केसीको माग पुरा गर्न दवाव दिन नेपाल चिकित्सक संघले आजका लागि स्वास्थ्य संस्था बन्द आवहान गरेको थियो । तर राष्टिय चिकित्सक संघ, मधेशी चिकित्सक संघ लगायतका सरकार निकटका पेशागत संगठनले बन्दको अबज्ञा गर्ने बताएका थिए ।

त्रिवि शिक्षण अस्पतालमा सोही विषयमा विवाद भएको हाम्रा सम्वाददाताले जनाएका छन् ।

अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

……………………………………………………………

यसैबीच सेवा बन्द गर्नुपर्ने भन्दै उत्रिएका आवासीय चिकित्सक र नर्सहरु बीच सामान्य हात हालाहालको अवस्था भएको बताइएको छ । प्रहरीले तत्कालै दुबै पक्षलाई नियन्त्रणमा लिएको थियो ।

तिमीहरुले निशुल्क पढ्नका लागि आन्दोलन गर्ने हामीले पढ्न नपाउने भन्दै नर्सहरु आक्रोशित भएका थिए । उनीहरुलाई केही विरामीका आफन्तले समेत साथ दिएको हाम्रा सम्वाददाताले जनाएका छन् ।

………………………………………………

उचा चिकित्सकले सेवा अबरुद्ध पारेको भन्दै बिरामीका आफन्तहरुले बीर अस्पतालमा नाराबाजी गरेका छन् । उनीहरु केही बेर अघि अस्पताल अगाडी चक्काजाम गरेका थिए ।

उनीहरुले विरामीको स्वास्थ्य सेवा कुन्ठीत गरेको भन्दै चिकित्सक बिरुद्ध चर्का नारा लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सेवा सुचारु गर्नुपर्छ भन्ने र बन्द गर्नुपर्छ भन्ने पक्षबीच शिक्षण अस्पतालमा विवाद

  1. yasatai banda garne ho bhane seto kapada chyatine ra kutai khana ber xaina 。 so start your duty from tomorow

Leave a Reply

Your email address will not be published. Required fields are marked *