सरकार र डा. केसीका प्रतिनिधिबीच आजको बार्ता सकियो

काठमाडौँ, ३२ असार । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा भएको आजको बार्ता सकिएको छ । भोलि विहान पुन: बस्ने गरी आजको बार्ता सकिएको हो ।

आजको बार्तामा मुख्य रुपमा  डा. केसीको स्वास्थ्य र चिकित्सा शिक्षा विधेयकको बारेमा छलफल भएको थियो ।

सरकारी पक्षले डा.  केसीको स्वास्थ्यलाई ध्यान दिदै तत्काल काठमाडौँ ल्याउन जोड दिएको थियो । डा. केसी पक्षपनि सो कुरामा सहमत भएपनि केही प्राविधिक कुरामा सरकारको प्रतिवद्धता खोजेको थियो ।

उसले शिक्षा मन्त्रीले प्रस्तुत गर्न खोजेको ‘ चिकित्सा शिक्षा विधेयक फिर्ता लिन्छु’ भन्ने प्रतिवद्धता खोजेको छ ।

‘डा.  केसीको जीवन रक्षाको कुरा भयो हामीले तत्काल काठमाडौँ ल्याउ भन्यौँ । उहाँहरले पनि हुन्छ भन्नु भएको छ तर सरकारका तर्फबाट केही प्रतिवद्धता आउनुपरयो भन्नु भएको छ । त्यसमा चिकित्सा शिक्षा विधेयकको कुरा मुख्य रुपमा उठाइएको छ,’ बार्तामा सहभागी सरकारी टोलीका एक सदस्यले भने ।

उनले भोलि विहानको छलफलले डा केसीलाई भोली नै काठमाडौँ ल्याउन पहल हुनसक्ने बताए ।

अघि बेलुका ८ बजे देखि शिक्षा मन्त्रालयमा भएको बार्तामा शुरु भएको हो । बार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् ।

डा. केसीका पक्षबाट बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, डा अभिषेकराज सिंह, ओमप्रकाश अर्याल सहभागि थिए । डा केसीका तर्फबाट नेपाल चिकित्सक संघका प्रतिनिधि बोलाएपनि सहभागी नभएको ती सदस्यले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *