स्वास्थ्यका कर्मचारीलाई यथावत रुपमा काम काज गर्न निर्देशन

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को सूचना नभएसम्म अहिलेकै कार्यालयमा गएर काम काज गर्न निर्देशन दिएको छ । नयाँ आर्थिक बर्षको शुरुवात अर्थात १ साउन (भोलि देखि) संघीय संरचना अनुसार स्वास्थ्यका कतिपय कार्यालयहरुको अस्थित्व नरहने भन्दै कर्मचारीहरु अलमल परेका बेला मन्त्रालयले यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘नयाँ सूचना नआएसम्म यथावत रुपमा काम गर्नु गराउन भनेका छौँ ।’

संंघीयता कार्यान्वयन इकाईका संयोजक मोहम्मद दाउदले सरकारले तत्काल निर्णय गरेपनि त्यसको व्यवस्थापन गर्न केही समय लाग्ने भन्दै तत्कालका लाििग अहिलेकै संरचनामा रहेर काम गर्न सबै निकायमा सर्कुलर जारी गरिन लागिएको बताए ।

उनले भने, ‘कर्मचारीहरुलाई चासो र चिन्ता हुनु स्वभाविक हो । हामीले के भनेका छौँ भने, नयाँ संरचना पास भएर आए पनि यसको व्यवस्थापन गर्न अझै केही दिन लाग्छ । त्यसैले अहिलेलाई यथावत रुपमा अहिले काम गरेकै कार्यालयमा गएर हाजिर हुने र दैनिक कार्य गर्ने गरौँ । पछि अर्को सूचना आउनेछ ।’

संघीय संरचनामा जाँदै गर्दा जिल्ला स्वास्थ्य, क्षेत्रीय स्वास्थ्य, विभागका कतिपय निकायका संरचनाहरु परिवर्तन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *