डा. गोविन्द केसीको मागमा ऐकेवद्धता जनाउन जुम्ला पुग्यो नेवि संघ

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय पदाधिकारी डा गोविन्द केसीको अनशनमा ऐकेवद्धता जनाउन जुम्ला पुगेका छन् । उपाध्यक्ष रामप्रसाद अधिकारी र महामन्त्री कुन्दन काफ्लेको अगुवाईमा नेविसंघको टोली जुम्ला पुगेको हो । सो टोलीले आजै सरकारविरुद्ध प्रदर्शन समेत गरेको छ ।

विहान कृष्ण मन्दिर परिसरबाट शुरु भएको र्‍याली प्रहरीको निषेधित घेरा तोड्दै जिल्ला प्रशासन कार्यलय अघि पुगेको थियो । सो क्रममा विद्यार्थीहरुले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले डा. केसीको माग पूरा गर, वार्ता टोली गठन गर, कर्णालीमा मेडिकल कलेज संचालन गर भन्ने जस्ता नारा लगाएका थिए ।

र्‍याली पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै नेविसंघका महामन्त्री काफ्लेले जनतालाई ठुला ठुला सपना देखाउने ओली सरकारले सामन्तहरुलाई पोस्ने नीति लिएर अघि बढीरहेको बताए ।

उनले गरीब दुखिको लागि डा केसी पटक पटक अनशन बसेको भन्दै उनको मागमा समर्थन गर्न सबै जुम्लाबासीलाई आवहान गरे । कार्यक्रममा उपाध्यक्ष अधिकारी र केन्द्रीय सदस्य घनश्याम थापाले समेत बोलेका थिए ।

अघिल्ला अनशनहरुमा सामान्य प्रतिक्रिया दिएर बस्ने नेविसंघ नेतृत्व यसपटक जुम्लामै पुग्नु कतिपयले राजनीतिक लाभ लिने बाटो भनेर समेत टिप्पणी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *