विराटनगर : स्पार्क फिजियोथेरापीबाट ४४ हजारको उपचार

विराटनगर, ३० असार । स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल विराटनगरले विगत तीन वर्षको अवधिमा ४४ हजार बिरामीको सफल उपचार गरेको छ ।

अस्पतालका अध्यक्ष रुपेश अधिकारीका अनुसार विभिन्न शिविरको आयोजना गरी सो अवधिमा १२ हजार बिरामीको निःशुल्क उपचारसमेत गरेको छ ।

उपचारका क्रममा कुनै किसिमको साइड इफेक्ट नहुने सो अस्पतालमा इलेक्टोथेरापी अत्याधुनिक उपकरण र संयन्त्रसहित हरबल मेडिसिन, अकुपञ्चर, योग, जीवनशैली चिकित्सा मसाज थेरापी, हाइडो थेरापी, मायो र म्यानुपुलेसन थेरापी तथा लेजर आदिको प्रयोगद्वारा रोगको सफल उपचार गरिन्छ ।

विभिन्न किसिमका औषधि खाएर निको हुन नसकेका अस्पताल धाउदा धाउँदै थाकेका कारण निराश भएका मात्र होइन विभिन्न हाडजोर्नी तथा नसासम्बन्धी समस्याको शल्यक्रिया गरेर निको नभएका बिरामीका लागिसमेत यो उपचार प्रविधि उपयोगी भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित भएको आधारमा हानिरहित चिकित्सा प्रणालीको प्रयोग गरी उपचार सेवा दिने उद्देश्यले उक्त अस्पतालको स्थापना भएको हो । अस्पतालमा अर्थराइटिस घुँडाको जोर्नी दुख्ने, युरिक एसिड, मोटोपना, कोलेस्टोरल, माइग्रेन तथा मानसिक तनाव, अनिद्रा, घाँटी दुखेको डिस्क पोल्याप्स, हड्डी खिइएको, नसा च्यापिएको र मुख बाङ्गिने, शरीरको एक भाग वा दुवै भाग नचल्नेसमेतको उपचार भइरहेको छ ।

सो अस्पतालमा सिरहा, सप्तरी, सुनसरी, झापा, मोरङलगायत भारत विहारको पूर्णिया, अररियालगायत जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रका बिरामी उपचार गराउन आउने गरेका छन् ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *