डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा आज प्रदर्शन

काठमाडौँ, ३० असार । डा. गोविन्द केसीको समर्थनमा आज माइतीघरमा बृहत प्रदर्शनको हुने भएको छ । दिउसो १२ बजे देखि शुरु हुने प्रर्दशनमा  राजनीतिक दल, नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी , पेशाकर्मी , गैरसरकारी संस्थाका प्रतिनिधि तथा आम सर्वसाधारणको उपस्थिति रहने बताइएको छ ।

अनशनको १५ दिन वितिसक्दा समेत सरकारले माग पुरा गराउने दिशामा अघि नबढेको भन्दै दवाव सिर्जना प्रदर्शनको तयारी गरिएको नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीले बताए ।

प्रदर्शनमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की, पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापा, विवेकशील साझाका नेता रविन्द्र मिश्र, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै गत १६ असार देखि जुम्लामा अनशनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनका समर्थकहरुले डा केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *