लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

बुटवल, २९ असार । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ ।

उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिए ।

यो रोग देखापरेपछि रगतको कमी हुन्छ र रक्तकोषिका टुक्रिन्छ भन्दै उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला स्थापना भएको २० दिनमात्रै भएको छ जसका कारण बिरामीलाई अस्पतालमा त्यसको उपचार हुन्छ भन्ने विषयमा समेत जानकारी छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँबाट बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आएका शाहले खासगरी जिल्लाको तिलोत्तमा नगरपालिका, कपिलवस्तु र नवलपरासीबाट ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामी आएको बताए ।

उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला लुम्बिनी अञ्चल अस्पतालमा छ भन्ने विषयमा जानकारी नभएका कारण त्यसबाट प्रभावित बिरामी कम देखिएको अब बढ्दै जाने देखिन सक्छ भने ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले प्रयोगशाला भए पनि स्थान अभावका कारण समस्या देखिएको उल्लेख गर्दै प्रयोगशाला स्थापना गरेका त छौँ तर स्थान अभावको समस्या हटाउन छलफल भएको बताए ।

उनले ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामीका लागि भवन बनाउन रु २४ करोड माग भएको उल्लेख गर्दै यसको औषधि अस्पतालमा निःशुल्क पाइन्छ भने ।

दाङ र बर्दियाका थारु समुदायमा ‘सिकलसेल एनिमिया’ बाट प्रभावितको विषयमा उपचारको व्यवस्था मिलाउन नसकेको भन्दै प्रदेश नं ५ कोे प्रदेशसभामा प्रदेशसभा सदस्यले प्रदेश सरकारको आलोचना गरेका थिए । तर प्रदेश सरकारले ‘सिकलसेल एनिमिया’ प्रभावितका लागि रु एक लाख सहयोग उपलब्ध गराउँदै आएको छ । सात लाखभन्दा बढी थारु समुदायको बाहुल्यता रहेको प्रदेश नं ५ को बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, नवलपरासीमा थारु जातिको बाहुल्यता रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *