शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु आकस्मिक बाहेकका सेवामा सहभागी नहुने

काठमाडौँ, २८ असार । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले भोलि देखि आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको माग सुनुवाई गर्न सरकारले चासो नदिएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।

आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनका अध्यक्ष डा सुमित पाण्डे र सचिव डा विश्वराज तिमल्सिनाद्धारा जारी विज्ञप्तीमा अनशन बसेको १३ औँ दिन वितिसक्दा समेत सरकार मौन बस्नुले आफूहरु स्तव्ध भएको भन्दै दवावका लागि आन्दोलनको कार्यक्रम अघि सार्नुपरेको उल्लेख छ ।

एनआरडीएले नेपाल चिकित्सक संघले डा केसीको जीवन रक्षार्थ ठोस निर्णय ल्याउन ढिलाई गरेपछि आफूहरु सेवा बहिस्कारको कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ ।

स्वास्थ्य संस्थामा गरिने बन्द हडताल जुलुस विरुद्ध ‘एक्सन’ लिन सकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेको केही घण्टा पछि नै आवासीय चिकित्सकहरुको यस्तो निर्णय आएको हो ।

हेरौँ विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *