डा. केसीले भने, ‘सरकारसंग बार्ता गर्न जुनसुकै बेला तयार’ (विज्ञप्ती सहित)

काठमाडौँ, २७ असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीले सरकारसंग जुनसुकै बेला बार्ता गर्न तयार रहेको बताएका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

यसअघि कतिपय सञ्चारमाध्यमले सरकारी अधिकारीहरुलाई हवाला दिदै डा केसीले बार्ता गर्न नचाहेको भन्ने समाचार प्रकाशित गरेका थिए । डा केसीले सो कुरामा सत्यता नरहेको भन्दै आफू बार्ताका लागि सधै तयार भएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन् , ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं । ‘

उनले विज्ञप्तीमा ‘यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ भनेर समेत उल्लेख गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै १२ दिन देखि जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदे गएको चिकित्सकहरुले बताएका छन् ।

यस्तो छ डा. केसीको विज्ञप्ती

आदरणीय पत्रकार मित्रहरु

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी हामी सत्याग्रहमा रहेको आज १२औं दिन भइसकेको छ ।

यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं ।

सरकारलाई चाहिं यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं ।

डा गोविन्द केसी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

२०७५।३।२७

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *