हेटौडामा मरेका कुखुरा काठमाडौँ ल्याएर बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौँ, २३ असार । महानगरीय प्रहरी बृत्त लैनचौरले मरेको कुखुरा बेच्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँ बजार क्षेत्रका होटलहरुमा मरेका कुखुरा बेच्ने गरेको सूचनाको आधारमा शुक्रबार खटिएको प्रहरी टोलीले म्हैपीस्थित खोला किनारबाट होटलतर्फ लैजाँदै गरेको १७० वटा मरेका बोइलर कुखुरा र पिकअप भ्यान सहित गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा ११ घर भएका भ्यान चालक चन्द्रबहादुर अधिकारी, सहचालक मकवानपुर इच्चुङ्गका अनिष दोङ, र कुखुरा व्यापारी हैटौडा ११ का हिमाल बर्तौला रहेका छन् ।

बा १७ च १२३६ नम्बरको पिकअप भ्यान जाँच गर्ने क्रममा उनीहरुले तीनवटा प्लास्टिकका बोरा र भेनको पछाडीको भागमा ३२५ किलो बराबरका १७० वटा मरेका कुखुरा होटल तर्फ लैजादै गरेको अवस्थामा फेला परेको थियो ।

महानगरीय प्रहरी परिषरका प्रवक्ता मोहनकुमार थापाका अनुसार अनुसन्धानका क्रममा उनीहरुले सो मरेका कुखुरा हेटौडाबाट ल्याएको विभिन्न होटलहरुमा कन्ट्याक्टको आधारमा सस्तो मुल्यमा विक्री गर्दै आएको खुलेको छ ।

प्रहरीले फेला परेको मरेका कुखुरा स्थानीयको रोहबरमा मुचुल्का उठाई नष्ट गरिएको जनाको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई कालो बजारी ऐन अनुसार कारबाही गरिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *