पहिलो पटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिसव मनाइँदै

काठमाडौँ, १७ असार । नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने नाराका साथ आगामी २० असारका दिन राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइने भएको छ । गत २३ असोजमा बसेको मन्त्रिपरिषद बैठकले २० असारको दिनलाई राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउने निर्णय गरे अनुरुप यो दिवस मनाउन लागिएको हो ।

दिवस मनाउन योगगुरु डा हरिप्रसाद पोखरेलको संयोजकत्वमा मुलसमारोह समिति समेत गठन गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा समिति संयोजक डा पोखरेलले पहिलो पटक मनाउन लागिएको यो नसर्ने रोग नियन्त्रण गर्ने विषयमा केन्द्रीत हुने बताए ।

उनले भने, ‘सरकारले पहिलो पटक प्राकृतिक चिकित्सा दिवस मनाउने दिन तोकिदिएको छ ।त्यसैले हामीले यसपटक जनस्तरबाटै यो दिवस मनाउँदै छौँ । संसारभर नसर्ने रोगको विगविगी भइरहेका बेला हामीले यसपटकको नारा समेत नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने तय गरेका छौँ ।’

समारोहमा बोल्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डा जनक बस्नेतलले नसर्ने रोगको जोखिम घटाउन प्राकृतिक चिकित्सा विधि अव्बल सावित भएको भन्दै यसपटक सोही विषयमा केन्द्रीत रहेको दिवस मनाउन लागिएको बताए ।

प्राकृतिक चिकित्साविज्ञ डा क्षितिज बाराकोटीले मानिसको दैनिक जीवनसंग जोडिएको प्राकृतिक चिकित्सालाई जनस्तरसम्म पुरयाउन दिवस मनाउन थालिएको बताए । उनले आयुर्वेदले समेत प्राकृतिक चिकित्सामाथि अन्याय गरेको बताए ।

कार्यक्रममा बोल्दै मुलसमारोह समितिका अर्का सदस्य अकुपञ्चरविज्ञ सुदर्शन बस्नेतले प्राकृतिक चिकित्सा र त्यसको महत्वबारेमा प्रकाश पारेका थिए ।

दिवसका दिन विहान ६ बजे शान्ति बाटिकाबाट प्रभातफेरी शुरु भएर प्रज्ञाभवन कमलादी पुगेर औपचारिक कार्यक्रममा रुपान्तरण हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *