म्याग्दी : स्वास्थ्य चौकीलाई जग्गा र भवन सहयोग

म्याग्दी, १७ असार । बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराएका छन् ।

स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।

पराजुली परिवारले उपलब्ध गराएको भवनबाट यसै महिनादेखि सेवा दिन शुरु गरेको स्वास्थ्य चौकीलाई रघुनाथ भद्रकली स्मृति ९पात्लेखेत० स्वास्थ्य चौकी नामाकरण गरिएको व्यवस्थापन समितिका सदस्य शिवबहादुर शाहीले जानकारी दिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवालमार्फत व्यवस्थापन समितिका समेत अध्यक्ष रहेका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनलाई पराजुली र उनका छोरा रमेशले हालै लालपूर्जा हस्तान्तरण गरे ।

रु एक करोड पाँच लाख खर्च गरेर भवन निर्माण गरेका पराजुली परिवारले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । भवन निर्माणमा स्थानीयवासीले थप रु ३० लाख लगानी गरेको व्यवस्थापन समितिका सदस्य भरत रकालले बताए । भवन र जग्गाको व्यवस्था भएपछि सेवा प्रवाह सहज बनेको छ ।

यसअघि वडा र दीपक मावि परिसरमा रहेको पुरानो जीर्ण भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । स्वास्थ्य चौकीबाट पात्लेखेत, वाखेतका अलावा, घतान, झिँ र पाखापानीका बासिन्दाले समेत सेवा लिँदै आएका छन् । शर्मा कन्ट्रक्सनका सञ्चालक रहनुभएका पराजुलीले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *